Naya Media
बिहिबार, बैशाख ३, २०८३
| | April 16, 2026
बिहिबार, बैशाख ३, २०८३

सनी लियोनीमाथि २९ लाख भारु ठगीको आरोप

User Photo आइतवार, माघ २५, २०७७
काठमाण्डाै ।

बलिउड नायिका सनी लियोनी आजकाल केरलमा छुट्टी मनाइरहेकी छिन् । छुट्टी मनाइरहँदा नायिकाको सामना केरल क्राइम ब्रान्चसँग भएको छ । वास्तवमा सनी लियोनीमाथि ठगीको आरोप लागेको छ । नायिकालाई केरल क्राइम ब्रान्चले यो विषयमा घण्टौंसम्म सोधपुछ गरेको भारतीय सञ्चार माध्यमले जानकारी दिएका छन् ।

सनी लियोनीमाथि एक व्यक्तिले २९ लाख भारु ठगी गरेको आरोप लगाएका छन् । द हिन्दूमा छापिएको रिपोर्ट अजुसार पेरु मबरुरमा बस्ने आर श्रेयस नामका व्यक्तिले सनी लियोनीविरुद्ध २९ लाख भारु ठगीको आरोप लगाएका हुन् । श्रेयसका अनुसार सनी लियोनीले उनीसँग यो रकम दुई कार्यक्रमका लागि लिएकी थिइन् तर उनले कार्यक्रममा उपस्थित हुन अस्विकार गरिन् । यसै मामिलामा केरल क्राइम ब्रान्चले नायिकालाई शुक्रबार राती सोधपुछका लागि बोलाएको थियो ।

खबरलाई विश्वास गर्ने हो भने सनीलाई कार्यक्रममा उपस्थित नहुनुको कारण सोधपुछ गरियो । सनीले प्रहरीको सोधपुछमा आफू कोरोनाका कारण कार्यक्रममा भाग लिन असमर्थ भएको बताएकी छिन् । सनीका अनुसार आयोजकले पाँच पटक कार्यक्रम रद्द गरिदिए र निर्धारित समयानुसार कार्यक्रम आयोजना पनि भएन । अपराध शाखाका अधिकारीले यदि आयोजकले अन्य कुनै दिन कार्यक्रमको आयोजना गरे उनी उक्त कार्यक्रममा सहभागी हुन तयार भएको बताएकी छिन् । यो विषयमा उजुरीकर्ता र सनीबीच कुराकानी जारी छ ।


Photo

नयाँ मिडिया डट कम नोवस मिडिया ग्रुप प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.