अस्ट्रेलियामा मुसलधारे वर्षा र बाढी, जनजीवन प्रभावित

आइतवार, चैत्र ८, २०७७, काठमाण्डाै । 

अस्ट्रेलियाको न्यू साउथ वेल्समा मुसलधारे वर्षा र बाढीका कारण जनजीवन प्रभावित भएको छ ।

बाढीका फसेकाहरुको उद्दार गरिएको छ । न्यू साउथ वेल्सको तल्लो क्षेत्रमा रहेका नागरिकलाई सुरक्षित ठाउँमा जान भनिएको छ ।

सिड्नीका केही क्षेत्रमा पनि बाढीका असर पर्न सक्ने भन्दै खाली गराइएको छ । सिड्नीको उत्तरी क्षेत्रका कयौँ नागरिकको उद्दार गरिएको छ ।

केही दिनदेखिको अविरल वर्षाले सिड्नी र आसपासका बस्तीका सडक जलमग्न छन् । सिड्नीमा झण्डै ५० लाख मानिसलाई खानेपानी सेवा प्रदान गरिरहेको बारागम्बा बाँधमा हिजो पानीको मात्रा बढी भएर बाँध बाहिर बग्न थालेपछि त्यस आसपासका बस्तीमा उच्च सतर्क रहन भनिएको छ ।

यो सामाग्री पढेर तपाईलाई कस्तो महसुस भयो ?

नयाँ मिडिया

नयाँ मिडिया डट कम वाचडग मिडिया एण्ड डेप्थ रिपार्टिङ प्रालिद्वारा सञ्चालित नेपाली भाषाको मल्टिमिडिया समाचार पोर्टल हो। यस प्रालि द्वारा चाैविसै घण्टा लाइभ प्रसारण हुने नयाँ रेडियाे र नयाँ टिभी पनि सञ्चालनमा छन । साथै हाम्रा भिडियाे सामाग्रीहरू युट्युव च्यानल नयाँ मिडिया (Naya Media) मा पनि हेर्न सकिन्छ ।

View more articles by: नयाँ मिडिया

नयाँ मिडिया

मङ्लबार, असार २९, २०७८ (July 13, 2021, 8:21 am) मा द्वारा अन्तर्राष्ट्रिय अन्तर्गत प्रकाशित

प्रतिकृया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *


फेसबुकबाट प्रतिक्रिया

भर्खरै