Naya Media
आइतवार, जेष्ठ १७, २०८३
| | May 31, 2026
आइतवार, जेष्ठ १७, २०८३

एसियाली नागरिकमाथिको आक्रमण अन्त्य गर्न माग गर्दै अमेरिकामा प्रदर्शन

User Photo आइतवार, चैत्र ८, २०७७
काठमाण्डाै ।

अमेरिकाको एटलान्टामा गत साता भएको आक्रमणका पीडितलाई न्यायको माग गर्दै जर्जियामा सयौंले प्रदर्शन गरेका छन् । पछिल्लो समय अमेरिकामा एसियाली नागरिकमाथि भएको आक्रमण अन्त्य गर्न पनि उनीहरुले माग गरेका छन् ।

गत साता एटलान्टाको तीन मसाज पार्लरमा अन्धाधुन्ध गोली चल्दा आठजनाको मृत्यु भएको थियो, जसमा ६ जना एसियाली महिला थिए । उक्त घटनाको विरोधमा शनिबार मानिसहरुले ‘घृणा एक भाइरस हो,’ ‘एसियाली नागरिकप्रतिको घृणा बन्द गर’ जस्ता नारा लेखिएको प्लेकार्ड बोकेका थिए ।

उक्त आक्रमणमा संलग्न रहेको आरोपमा पक्राउ परेका व्यक्तिले भने मसाज पार्लरमा भएको आक्रमण रंगभेदबाट प्रभावित नरहेको बताएका छन् । एसियाली–अमेरिकी एडभाइजरी ग्रुपले अमेरिकामा कोरोना भाइरसको महामारीमा एसियाली समुदायलाई लक्षित गरी आक्रमण गर्ने क्रम बढेको बताएको छ ।

राजनीतिक दलका नेताहरुले दिएको रंगभेदी अभिव्यक्तिको कारण पनि यस्ता घटना बढेको अधिकारीहरुले बताएका छन् । आन्दोलनमा सहभागीहरुले एसियाली मूलका नागरिकहरुलाई अहिलेसम्म मौन बस्दै आए पनि अब भने समय परिवर्तन भएको बताएका छन् ।

अमेरिकी राष्ट्रपति जो बाइडनले शुक्रबार एसियाली–अमेरिकी नेताहरुसँग भेटेका थिए । भेटको क्रममा उनले मसाज पार्लरमा भएको आक्रमण तथा एसियाली मूलका नागरिकमाथिको रंगभेदको निन्दा गरेका थिए ।


Photo

नयाँ मिडिया डट कम नोवस मिडिया ग्रुप प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.