Naya Media
शुक्रबार, बैशाख १८, २०८३
| | May 1, 2026
शुक्रबार, बैशाख १८, २०८३

न्युयोर्कमा आएको बाढीमा परी एकै परिवारका तीनजना नेपालीको मृत्यु

User Photo शुक्रबार, भदौ १८, २०७८
काठमाण्डौ ।

अमेरिकाको न्युयोर्कमा समुद्री आँधी हुर्रिकेनपछि आएको बाढीमा परी तीन नेपालीको मृत्यु भएको छ । न्युयोर्कको क्विन्स सहरमा बस्नै एकै परिवारका तीनजना नेपालीको मृत्यु भएको न्युयोर्क पोष्टले बताएको छ ।

समाचारमा उल्लेख गरिएअनुसार दुई वर्षीय बालक लोबसाङ लामा, उनका ४८ वर्षीया आमा मिङ्मा शेर्पा र ५० वर्षीय बाबु आङ गेलु लामाको मृत्यु भएको हो ।

बिहीबार आएको बाढी उनीहरुको अपार्टमेन्टमा छिरेपछि उनीहरु थुनिएका थिए । उनीहरुको छिमेकी डेबोराह टोरेसले भनिन्, ‘उनीहरु बाहिर निस्किनु असम्भव जस्तै थियो किनकी बाढी मेरो घुँडासम्म आइपुगेको थियो जबकी म दोस्रो तलामा थिएँ । अब तल्लो तलामा के भयो होला, तपाईं आफैं सोच्न सक्नुहुन्छ ।’

‘आफ्नो अपार्टमेन्टमा पानी आएसँगै उनीहरुले घरमालिकलाई सहयोगका लागि आग्रह गरेका थिए । तर, त्यसको केही मिनेटमा नै उनीहरुको फ्लोर पानीले भरिइसकेको थियो’, उनले भनिन् ।

घर मालिकले उनीहरुलाई केही समयपछि बाहिर निस्किन भन्दै बोलाए तर उनीहरुबाट कुनै जवाफ आएन । साढे तीन बजेतिर उद्धारकर्ताले उनीहरुको शव निकालेका थिए ।

लोबसाङकी शिक्षिका मार्था सुआरेजले भनिन्, ‘उनीहरुको परिवार साँच्चै मायालाग्दो थियो । ऊ एउटा सुखी बच्चा थियो ।’


Photo

नयाँ मिडिया डट कम नोवस मिडिया ग्रुप प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.