ड्रग्स पार्टीबाट पक्राउ परेका शाहरुख खानका छोराले हिरासतमै बिताए रात

सोमवार, अशोज १८, २०७८, काठमाण्डौ । 

ड्रग्स पार्टीमा पक्राउ परेका शाहरुख खानका छोरा आर्यनले प्रहरी हिरासतमै रात कटाएका छन् । नारकोटिक्स कन्ट्रोल ब्युरो (एनसिबी) ले आइतबार आर्यनसँगै पक्राउ परेका अरबाज मर्चेन्ट तथा मुनमुन धमिचालाई अदालतमा पेश गरेको थियो । र, अदालतले उनीहरुलाई एक दिन एनसिबीको हिरासतमा राख्न आदेश दियो ।

आर्यनका तर्फबाट चर्चित क्रिमिनल लयर सतिश मानसिन्देले मुद्दा लडिरहेका छन् । मानसिन्देले नै रिया चक्रवर्तीको केस पनि हेरेका थिए । शनिबार मुम्बईस्थित एक क्रुजमा एनसिबीले छापा मार्दा आर्यनसहित १३ जना पक्राउ परेका थिए । यस क्रुज जहाजमा ड्रग्स पार्टी चलिरहेको थियो । उक्त जहाज मुम्बईबाट गोआतर्फ जाँदै थियो । पार्टीमा सहभागी हुनेहरुले टिकटबापत ८० हजारदेखि २ लाख भारुसम्म तिरेका थिए ।

यद्यपी, आफुले कुनै पैसा नतिरेको, ड्रग्स पनि नलिएको र केवल पाहुनाका रुपमा पार्टीमा सहभागी भएको बयान आर्यनले दिएका छन् । आर्यनकाअनुसार यस पार्टीमा उनी आउने प्रचार गरेर अन्य धेरैलाई सहभागी हुन बोलाइएको थियो ।

आर्यनको गल्ती छैन : मानसिन्दे

आर्यनको केस हेरिरहेका वकिल सतिश मानसिन्देले उनलाई जमानतमा रिहा गर्नुपर्ने तर्क अदालतमा राखेका थिए । तर, आइतबार यस्तो हुन सकेन । ‘मेरा क्लाइन्टलाई आयोजकले बोलाएका थिए । उनीसँग क्रुजको टिकट पनि थिएन । उनीबाट केही बरामद पनि भएन ।

उनको मोबाइल फोनको पनि जाँच भइसकेको छ । त्यहाँ पनि केही भेटिएन,’ मानसिन्देले भने,‘न उनले ड्रग्स लिएका छन् । न उनीबाट केही बरामद नै भएको छ ।’

यसअघि हरिले एनसिबी कार्यालयमा झन्डै ४ घण्टासम्म आर्यनलाई सोधपुछ गरेको थियो । आर्यनसहित तीन आरोपीहरुलाई जेजे अस्पताल लगेर मेडिकल परीक्षण गरिएको थियो ।

यो सामाग्री पढेर तपाईलाई कस्तो महसुस भयो ?

नयाँ मिडिया डट कम वाचडग मिडिया एण्ड डेप्थ रिपार्टिङ प्रालिद्वारा सञ्चालित नेपाली भाषाको मल्टिमिडिया समाचार पोर्टल हो। यस प्रालि द्वारा चाैविसै घण्टा लाइभ प्रसारण हुने नयाँ रेडियाे र नयाँ टिभी पनि सञ्चालनमा छन । साथै हाम्रा भिडियाे सामाग्रीहरू युट्युव च्यानल नयाँ मिडिया (Naya Media) मा पनि हेर्न सकिन्छ ।

View all articles by:

सोमवार, अशोज १८, २०७८ (October 4, 2021, 8:51 am) मा द्वारा अन्तर्राष्ट्रिय अन्तर्गत प्रकाशित

प्रतिकृया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *


फेसबुकबाट प्रतिक्रिया

भर्खरै