Naya Media
शनिबार, जेष्ठ १६, २०८३
| | May 30, 2026
शनिबार, जेष्ठ १६, २०८३

रुसमा कोरोनाका कारण एकैदिन अहिलेसम्मकै सबैभन्दा धेरैको मृत्यु

User Photo बुधबार, अशोज २०, २०७८
काठमाण्डौ ।

रुसमा कोरोनाभाइरसका कारण एकैदिनमा अहिलेसम्मकै सबैभन्दा धेरैको मृत्यु भएको छ । सरकारी अधिकारीहरूले दिएको जानकारीअनुसार पछिल्लो २४ घण्टामा कोरोनाका कारण ८९५ जनाको मृत्यु भएको छ ।

यो सङ्ख्या रुसमा कोरोनाभाइरसको महामारी सुरु भएदेखिकै अहिलेसम्मकै सबैभन्दा धेरै भएको सरकारी अधिकारीहरूले बताएका छन् । उनीहरूका अनुसार रुसमा कोरोनाका कारण अहिलेसम्म मृत्यु भएकाहरूको कूल सङ्ख्या दुई लाख ११ हजार ६९६ पुगेको छ ।

त्यसैगरी पछिल्लो एक दिनमा २५ हजार ११० जना कोरोनाभाइरसबाट सङ्क्रमित भएका छन् । योसँगै कूल सङ्क्रमितहरूको सङ्ख्या ७६ लाख ३७ हजार ४२७ पुगेको छ । अधिकारीहरूका अनुसार रुसमा अहिलेसम्म भाइरसबाट सङ्क्रमित भएर पनि अहिले सङ्क्रमणमुक्त भइसकेकाहरूको सङ्ख्या ६७ लाख ५९ हजार ५९ रहेको छ । तीमध्ये १८ हजार ५६८ जना पछिल्लो एक दिनमा सङ्क्रमणमुक्त भएका हुन् ।

रुसमा अहिले पनि दैनिक नयाँ सङ्क्रमितहरूको सङ्ख्याभन्दा सङ्क्रमणमुक्त भएकाहरूको सङ्ख्या कम भएको छ । त्यसैले सक्रिय सङ्क्रमितहरूको सङ्ख्यामा वृद्धि हुँदै गएको छ ।

नयाँ सङ्क्रमितहरूको सङ्ख्या केन्द्रीय राजधानी मस्कोमा बढेको पनि अधिकारीहरूले जनाएका छन् । सङ्क्रमित र मृतकहरूको सङ्ख्या बढ्दै गएपछि रुसमा फेरी कोरोनाभाइरसको महामारीले पार्ने चिन्ता थपिएको छ ।


Photo

नयाँ मिडिया डट कम नोवस मिडिया ग्रुप प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.