Naya Media
बिहिबार, फाल्गुन २१, २०८२
| | March 5, 2026
बिहिबार, फाल्गुन २१, २०८२

हमास आक्रमणमा मृत्यु भएका १० नेपालीका परिवारलाई आजीवन भत्ता

User Photo बिहिबार, चैत्र १, २०८०
काठमाण्डौ ।

इजरायलमा अक्टोबर ७ मा हमास विद्रोहीको आक्रमणमा मृत्यु भएका १० नेपाली विद्यार्थीहरुको परिवारलाई इजरायल सरकारले आजीवन भत्ता दिने निर्णय गरेको छ । विद्रोही हमासको कब्जामा रहेका नेपाली विद्यार्थी विपिन जोशीको परिवारलाई पनि भत्ता दिने इजरायल सरकारको निर्णय छ ।

हमास आक्रमणमा मारिएका १० नेपालीका परिवारलाई इजरायलले आजीवन भत्ता दिने नेपालका लागि इजरायलका राजदूत हनान गोदरले मृतकका परिवारलाई इजरायली सरकारले आजीवन भत्ता दिने प्रष्ट पारे ।

‘इजरायलको कानुनले इजरायली र नेपालीलाई समान व्यवहार गर्छ । इजरायली भूमिमा पाहुनाको रुपमा आउदा नेपालीहरुको मृत्यु भएको हो,’ उनले भने,‘त्यसैले इजरायलको सरकारले १० जनाको परिवार र अहिले विद्रोही हमासको कब्जामा रहेको विपिन जोशीको परिवारलाई भत्ता दिन थालिसकेको छ ।’

विद्रोही हमासको आक्रमणद्वारा इजरायलमा कृषि बढ्न गएका विद्यार्थीहरुको मृत्यु भएको थियो । मृत्यु हुनेहहरुमा घोडाघोडी–४ का नारायणप्रसाद न्यौपाने, जयपृथ्वी–६ बझाङका गणेशकुमार नेपाली, बौनिया–३ कैलालीका आशिष चौधरी, लेकम–५ दार्चुलाका दीपेशराज बिष्ट, सपही–६ धनुषाका आनन्द साह, मधुवन–१ सुनसरीका राजेशकुमार स्वर्णकार, पाचनली–३ डोटीका राजन फुलरा, लमिखल–८ डोटीका पदम थापा, शारदा–३ सल्यानका प्रवेश भण्डारी र मालिकार्जुन–४ दार्चुलाका लोकेन्द्रसिंह धामी रहेका छन् । उनीहरुको परिवारले आजीवन भत्ता पाउने छन् ।

# इजरायल # हमास आक्रमण

Photo

नयाँ मिडिया डट कम नोवस मिडिया ग्रुप प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.