Naya Media
आइतवार, फाल्गुन ३, २०८२
| | February 15, 2026
आइतवार, फाल्गुन ३, २०८२

उत्तराखण्डको बाढीपहिरोमा कर्णाली प्रदेशका १५ जना सम्पर्कविहीन

User Photo शुक्रबार, साउन २३, २०८२
काठमाण्डौ ।

भारतको उत्तराखण्ड राज्यमा गत मंगलबार र बुधबार आएको बाढी तथा पहिरोपछि कर्णाली प्रदेशका १५ जना सम्पर्कविहीन भएका छन्।

मंगलबार क्लाउड बर्स्ट (अत्यधिक वर्षा) का कारण उत्तरकाशी जिल्लाको धराली बजार र पौडी गढवालमा पहिरो जाँदा जाजरकोट र जुम्लाका १५ जना मजदुर सम्पर्कविहीन रहेको कर्णाली प्रदेश प्रहरी कार्यालयले जनाएको छ।

प्रदेश प्रहरी कार्यालयले जारी गरेको विज्ञप्तिमा जाजरकोटको कुशे गाउँपालिका–२ ढाडगाउँका ४२ वर्षीय कर्णबहादुर सिंह, मानबहादुर सिंह, रामबहादुर सिंह, रबिन सिंह र निमबहादुर सिंह छन्।

त्यसैगरी, जुम्लाको जुनिचाँदे गाउँपालिका–२ मजकोटका गगनबहादुर शाही, रामबहादुर शाही, गोरखबहादुर शाही, हरिबहादुर खड्का, रेशम खड्का, पार्वती खड्का, केशव खड्का र निर्मला खड्का पनि सम्पर्कमा आएका छैनन्।

सम्पर्कविहीन व्यक्तिहरूको खोजी कार्य जारी रहेको कर्णाली प्रदेश प्रहरीका डीआईजी माधव प्रसाद श्रेष्ठले बताए।

# उत्तराखण्ड # कर्णाली # कर्णाली प्रदेश # प्रवास समाचार # भारत

Photo

नयाँ मिडिया डट कम नोवस मिडिया ग्रुप प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.