Naya Media
सोमवार, कार्तिक २४, २०८२
| | November 10, 2025
सोमवार, कार्तिक २४, २०८२

प्रचण्ड र केपीले थर्काएपछी राजिनामा दिएका नारायणकाजि शिर्ष नेताकाे सम्पर्क भन्दा बाहिर, फकाउने जिम्मा माधव नेपाललार्इ

User Photo
बुधबार, साउन १६, २०७५

गत शनिबार अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहाल प्रचण्डलाई सम्बोधन गर्दै नेकपा सचिवालय सदस्य तथा पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले केन्द्रीय सचिवालय बैठकमा प्रवक्ता पदबाट राजीनामा दिए । राजिनामा किन दिए र अब के गर्छन भन्ने कतै कही स्पष्ट रूपमा बाहिर अाएन ।

तर प्रचण्ड र अाेली मिलेर थर्काएपछी उनले राजिनामा दिएकाे रहस्य बाहिरिएकाे छ । पार्टी नीतिविपरीत डा. गोविन्द केसीलाई भेटेर नैतिक समर्थन जनाएको भन्दै प्रवक्ता श्रेष्ठसँग पछिल्लो सचिवालय बैठकमा अध्यक्ष ओलीले मौखिक स्पष्टीकरण लिएका थिए । ‘पार्टीको जानकारीविना तपाईंले किन भेट्नुभो, कसको अनुमतिमा भेट्नुभो, सामाजिक सञ्जालमा भेटको प्रचार पनि गर्नुभएछ’ भन्दै बैठकमा ओलीले स्पष्टीकरण लिएका थिए ।

अर्का अध्यक्ष प्रचण्डले पनि ‘पार्टीको जानकारीविना भेटेर गलत काम गरेको र उनको नाममा कांग्रेसको आन्दोलनलाई मलजल गरेको’ भन्दै ओलीको भनाइलाई समर्थन जनाएपछि श्रेष्ठले तत्काल राजीनामाको घोषणा गरेको सचिवालयका एक नेताले बताए ।

तर श्रेष्ठले भने, अध्यक्षसँग सम्पर्क नै नहुने, बैठक र छलफलहरूमा पनि लामो समयसम्म कुराउने गरेकाले कार्यशैली ठीक नभएकाले आफूले प्रवक्ता पदबाट राजीनामा दिएको निकटस्थहरूलाई बताएका छन् ।

श्रेष्ठले राजिनामा दिएपछी फकाउने जिम्मा भने माधव कुमार नेपाललार्इ दिर्इएकाे छ । स्रोतका अनुसार राजीनामापत्र फिर्ता नलिएपछि अध्यक्ष ओलीले वरिष्ठ नेता माधवकुमार नेपाललाई श्रेष्ठलाई सम्झाएर पूर्ववत् जिम्मेवारीमा फर्काउने वातावरण निर्माणको जिम्मेवारी दिएका छन् । तर, केही दिनयता घाँटीको समस्याका कारण घरमै आराम गरिरहेका श्रेष्ठ भने शीर्ष नेताहरूसँग सम्पर्कमा नरहेको स्रोतले जनाएको छ ।


Photo

नयाँ मिडिया डट कम एक्टिभ प्रेस प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सञ्चालक
नोवस मिडिया ग्रुप प्रा.लि.

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

              © 2016 - 2025 | Novus Media Group Pvt.Ltd. | All Rights Reserved.