Naya Media
शुक्रबार, जेष्ठ ३०, २०८२
| | June 13, 2025
शुक्रबार, जेष्ठ ३०, २०८२
Advertisement

डा. केसी सरकारप्रति निकै आक्रामक: माफियासंग ओली सरकार बिक्याे

User Photo
सोमवार, पुस २३, २०७५

काठमाडौं । सत्याग्रही प्राडा. गोविन्द केसी सरकारप्रति निकै आक्रामक देखिएका छन् । उनीसँग सरकारले गरेको सहमति विपरीत चिकित्सा शिक्षा विधेयक संसद्को शिक्षा तथा स्वास्थ्य समिति अन्तर्गतको उपसमितिबाट आइतबार बहुमतका आधारमा पारित भएपछि उनी एकाएक आक्रामक भएका हुन् ।

उनले शिक्षण अस्पताल महाराजगञ्जमा पत्रकार सम्मेलन गरी आक्रोश पोखेका छन् । उनले केपी शर्मा ओली नेतृत्वको सरकार पार्टीका माफियासंग बिकेको भन्दै पुनः आमरण अनसन बस्ने बताएका छन् ।


advertisement

उनले संसदको शिक्षा तथा स्वास्थ्य समितिकी सभापति जयपुरी घर्तीले सार्वजनिक रुपमै आफूसंग सम्झौता अनुरुप नै विधेयक पारित हुन्छ भनेकाले सत्याग्रह पुस २५ गतेसम्म सारेको र यसलाई सच्याउन माग गरेका छन् ।

उक्त सहमति विपरित उपसमितिले पठाएको प्रतिवेदन सच्याउन समितिलाई उनले माग गरेका छन् । त्यसो नभए पुस २५ अगाडि नै सत्याग्रह सुरु गर्न वाध्य हुने डा केसीले बताए ।

उनले नेकपाका युवा नेताहरु माफियासंग बिके पनि काँग्रेस सांसद गगन थापा एक्लै भए पनि जनताका मागप्रति लडिरहेको भन्दै प्रशंसा गरे ।

उनले तीन बुँदे मागसमेत सार्वजनिक गरेका छन् ।


Photo

नयाँ मिडिया डट कम एक्टिभ प्रेस प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published.

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


सञ्चालक
एक्टिभ प्रेस प्रा.लि.

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

nayamedia.com@gmail.com

© 2016 - 2025 Active Press Pvt.Ltd. All Rights Reserved.