Naya Media
शुक्रबार, बैशाख ४, २०८३
| | April 17, 2026
शुक्रबार, बैशाख ४, २०८३

हुनेवाला श्रीमानबारे चर्चित ‘ट्विनी गल्र्स’ प्रिन्सी र प्रिज्माकाे यस्ताे राेजाइ

User Photo बुधबार, जेष्ठ २२, २०७६
काठमाण्डाै ।

प्रिन्सी र प्रिज्मा खतिवडा पछिल्लाे समयका चर्चित ‘ट्विनी गल्र्स’ हुन । टिकटकले ‘स्टार’ बनाएकी उनीहरू ‘ट्विनी गल्र्स’का रुपमा प्रख्यात छन्। आधा करोडभन्दा बढी उनीहरुका फ्यान फलोअर्स छन्। टिकटकले दिलाएको अप्रत्यासित चर्चाबाट दुवै अहिले दंग छन्।

प्रिन्सी र प्रिज्मा पाँच मिनेटको अन्तरमा जन्मिएका हुन्। प्रिन्सी प्रिज्माभन्दा पाँच मिनेटले कान्छी छन्। मोरङ रमाइलोमा जन्मिएका ‘ट्विनी गल्र्स’को हुर्काई भने काठमाडौंमै भएको हो। यो धर्तीमा प्रिन्सीभन्दा पहिला प्रिज्माको प्रवेश भए पनि टिकटकमा भने प्रिज्माभन्दा पहिला प्रिन्सीकै प्रवेश भएको रहेछ। कारण, सानैदेखि उनमा रहेको अभिनय रुचि।

उनीहरुले ‘बाटैमा भेट भयो, रैछौ काले काले’ गीतमा पहिलोपल्ट भिडियो बनाएका थिए। त्यतिबेला दुवैको आ–आफ्नै अकाउन्ट थियो। दुवैले दुवैको अकाउन्टमा भिडियो अपलोड गरेका थिए। लगत्तै भिडियो भाइरल भयो। टिकटकका नयाँ ट्विन्स भन्दै थुप्रै फेसबुक पेजले भिडियो सेयर गरे। रातारात उनीहरु भाइरल भए।

‘सेकेन्ड सेकेन्डमा फलोअर्स बढेको देखेर हामी त छक्कै परेका थियौँ,’ प्रिन्सीले भनिन्, ‘तर हामीले यो टन्नै फलोअर्स आउँछ भनेर गरेका थिएनौँ। त्यतिबेला एक हजार फलोअर्स हुँदा पनि दंग परेर फेसबुकमा स्टोरी राख्थ्यौँ। टिकटकले यति चर्चा दिलाउला भनेर त कहिल्यै सोचेकै थिएनौँ। सम्झिदा पनि सपनाजस्तो लाग्छ।’

‘ट्विनी गल्र्स’का लागि टिकटक पहिले रहर मात्रै थियो तर अहिले पैसा कमाउने माध्यम पनि बनेको छ। फिल्म र म्युजिक भिडियो मेकर्सहरु गीत प्रचारको अनुरोध गर्दै उनीहरुकहाँ पुग्न थालेका उनीहरू बताउछन। अहिलेसम्म नेपाली फिल्महरु ‘ब्रेकअप’, ‘कागजपत्र’ लगायतले उनीहरुका प्रचार सामग्रीमाथि टिकटक भिडियो बनाउन पारिश्रमिक दिएका थिए। प्रियंका कार्की र आयुष्मान देशराजको ‘अर्को जुनी खोइ कुन्नी’ गीतमाथि पनि उनीहरुले टिकटक भिडियो पारिश्रमिक लिएर बनाएका थिए।

नागरिककर्मी अनिल यादवले उनीहरू संग गरेकाे कुराकानी (नागरिकन्युजमा प्रकाशित छ)

ब्वाइफ्रेन्ड छ ?

प्रिन्सीः छैन।

प्रिज्माः मेरो पनि छैन।

जर्बजस्त फ्यानहरु त होलान् ?

प्रिज्माः छन्, लभ यू, म्यारी यू सबै भन्ने फ्यानहरु छन्। तर तिनीहरुलाई हामी फ्यानका हिसाबले मात्रै लिन्छाैँ।

प्रिन्सीः टिकटक चलाउनुअघि पनि प्रेम प्रस्ताव त आउँथ्यो। त्यतिबेला केटाहरुले गाली खान्थे, अहिले भने फ्यान सम्झेर माया पाउँछन्। चाहिनेभन्दा बढी जिद्दी गरे भने मात्रै गाली खाने हो।

बिहे एकै दिन गर्ने हो ?

प्रिज्माः होइन, पहिला बिहे त मेरै हुन्छ होला। प्रिन्सी मभन्दा ५ मिनेट कान्छी भए पनि मलाई एकदमै सानी लाग्छ।

प्रिन्सीः त्यस्तो है ! (मुस्कुराउँदै)

कस्तो होस् भन्ने लाग्छ हुनेवाला श्रीमान्?

प्रिज्माः श्रीमान् मात्रै होइन, उसको परिवार पनि बुझ्ने हुनुपर्छ। सहयोगी त हुनैप¥यो, माया त गर्नैप¥यो।

प्रिन्सीः हामी पनि सासूलाई माया गर्छौ, सासूले पनि हामीलाई माया गर्नुपर्छ, छोरीजस्तो व्यवहार गर्नुपर्छ भन्ने लाग्छ।

संघर्ष के हो?

प्रिज्माः संघर्ष भनेको अडिसन पास गरेर काम पाउनु मात्रै होइन। कतिले हामीलाई टिकटकबाट ट्विन्स भएकै भरमा हिट भएको भनेर कमेन्ट गर्छन्। तर हामी हावा भिडियो बनाएकै भरमा हिट भएकोजस्तो त लाग्दैन।

के देख्दा दुःख लाग्छ?

प्रिज्माः फेमिली दुःखी हुँदा।

प्रिन्सीः ममी बाबालाई केही कुराले चित्त दुख्यो भने।

सानै उमेरमा हिट भइयो है?

प्रिन्सीः गर्ने उमेर नै यही हो जस्तो लाग्छ। सानै उमेरमा हिट भइयो जस्तो त लाग्दैन।

प्रिज्माः ठिक्क टाइममा अवसर आयो, हामीले समात्यौँ भन्ने लाग्छ।

कस्तो कुराले खुशी बनाउँछ?

प्रिन्सी–प्रिज्माः मुभीहरु हेर्दा खुशी लाग्छ। दुईजना मात्रै भए पनि नेपाली मुभी हेर्न गइरहन्छाैँ (एकै स्वरमा)।


Photo

नयाँ मिडिया डट कम नोवस मिडिया ग्रुप प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.