‘नेकपाले म माथि अन्याय गर्यो’- निवर्तमान उपसभामुख तुम्बाहाङ्फे

मैले भ्रष्टाचार गरेँ कि ? यौनदुराचार गरे कि ? पदअनुसार आचरण गरिनँ कि ?
आइतवार, माघ १२, २०७६, काठमाण्डाै । 

निवर्तमान उपसभामुख शिवमाया तुम्बाहाङ्फेले पार्टीले आफूलाई सभामुख नबनाएर ठूलो अवसर गुमाएको दाबी गरेकी छिन् । उनले भनेकी छिन्, ‘पार्टीले जुन अवसर प्राप्त गरेको थियो, त्यो गुमायो । किन गुमायो त्यो पार्टीले जवाफ दिने कुरा हो ।

पार्टीलाई राम्रो अवसर प्राप्त भएको थियो । मुलुकको महत्त्वपूर्ण अङ्गमध्ये व्यवस्थापिकाको प्रतिनिधिसभाको सभामुख एक्जुकेटिभ पर्सन जान सक्थ्यो । महिला मैले कहिले पनि जोडेको छैन । नेपाल समाचारपत्रसँगको अन्तरवार्तामा उनले भनेकी छन, ‘क्षमताको विकास गरेर अघि बढ अनि काम गर । यो पद महिला भएको आधारमा मात्र पाउनुपर्छ भन्ने होइन । क्षमताको आधारमा पाउनुपर्छ । मलाई घाटा भएको छैन, घाटा पार्टीलाई भएको छ ।’

नेपाल कम्युनिस्ट पार्टीका शीर्ष नेताहरुले आफूलाई सभामुख चयनमा बाधा बनेको आरोप लगाएकोमा पनि उनले दुःख व्यक्त गरेकी छिन् । उनले भनेकी छन्, ‘मैले स्पष्ट रुपमा भनेकी थिएँ , पार्टीले सभामुखको उम्मेदवारको टुङ्गो लगाओस्, त्यसपछि म राजीनामा दिन्छु । तर, मलाई पार्टीकै जिम्मेवार नेताहरुले बाधक बनेको आरोप लगाए । बाधक भनेको मलाई अहिले पनि चिक्त बुझेको छैन । यो बाधक भन्ने शब्द मेरा लागि सुपाच्य होइन । मेरा लागि अप्ठ्यारो शब्द हो । यसले मेरो मन र भावनामा ठेस पुग्यो । मैले पार्टीका दुवै अध्यक्षलाई भनेको थिएँ, यो ममाथि भएको राजनीतिक हिंसा हो । यस हिंसाको बारेमा पार्टीभित्र छलफल हुनुपर्ने माग मैले गरेकी छु ।’

नेकपाले आफूमाथि अन्याय गरेको बताउँदै उनले भनेकी छिन्, ‘नेकपाले ममाथि अन्यया गर्यो भन्ने नै हो । यस्तो अन्यायले मानिस स्वतः स्फूर्त ढङ्गले अघि बढ्ने कुरालाई असहज बनाइदिन्छ । मैले भ्रष्टाचार गरेँ कि ? यौनदुराचार गरे कि ? पदअनुसार आचरण गरिनँ कि ? भन्ने प्रश्नको कुनै जवाफ पार्टीले दिएन । सम्भवतः मेरो प्रश्नको उत्तर पार्टीले कहिले पनि दिन सक्दैन । किनकि मैले गल्ती नै गरेको छैन । अनुत्तरित हुँदाहुँदै म बाहिर निस्किएँ ।’

यो सामाग्री पढेर तपाईलाई कस्तो महसुस भयो ?

नयाँ मिडिया

नयाँ मिडिया डट कम वाचडग मिडिया एण्ड डेप्थ रिपार्टिङ प्रालिद्वारा सञ्चालित नेपाली भाषाको मल्टिमिडिया समाचार पोर्टल हो। यस प्रालि द्वारा मध्य तथा सुदुर पश्चिम केन्द्रित समाचार पोर्टल अपिखबर डटकम पनि सञ्चालनमा छ। साथै चाैविसै घण्टा लाइभ प्रसारण हुने नयाँ मिडिया- अनलाइन रेडियाे र नयाँ टिभी पनि सञ्चालनमा छन । साथै हाम्रा भिडियाे सामाग्रीहरू युट्युव च्यानल नयाँ मिडिया (Naya Media) मा पनि अर्काइभका रूपमा रहन्छन ।

View more articles by: नयाँ मिडिया

नयाँ मिडिया

मङ्लबार, असार २९, २०७८ (July 13, 2021, 8:21 am) मा द्वारा अन्तरवार्ता अन्तर्गत प्रकाशित

प्रतिकृया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *


फेसबुकबाट प्रतिक्रिया

भर्खरै