Naya Media
शुक्रबार, बैशाख ४, २०८३
| | April 17, 2026
शुक्रबार, बैशाख ४, २०८३

घाेषणा नहुदै ज्ञानेन्द्र शाही सहितकाे अभियानबाट ब्याक भए रमेश खरेल

देवेन्द्र सिटौला र राजकुमार यादव पनि कार्यक्रममा सहभागी नहुने भन्दै क्षमायाचना

User Photo बिहिबार, फाल्गुन १५, २०७६
काठमाण्डाै ।

नेपाल प्रहरीका पूर्वडीआईजी रमेश खरेलले नेतृत्व गर्ने भनिएको नयाँ अभियान सुरुमै बिथोलिएको छ । ‘आधारभूत विषयहरुमै मतान्तर उत्पन्न भएको’ भन्दै खरेल आफैं अभियानबाट पछि हटेका छन् ।

खरेलको नेतृत्वमा ‘हाम्रो नेपाल, हामी नेपाली’ अभियानको आज औपचारिक घोषणा हुने कार्यक्रम थियो । तर, फेसबुकमा स्टाटस लेख्दै खरेलले कार्यक्रममा सहभागी नहुने जनाउ दिएका छन् । खरेलले आफूसहित देवेन्द्र सिटौला र राजकुमार यादव पनि कार्यक्रममा सहभागी नहुने भन्दै क्षमायाचना गरेका छन् ।

खरेलले अभियानका साथीहरुसँग आधारभूत कुराहरुमा सहमति हुन नसकेको बताएका छन । ‘केही साथीहरुबाट हामीले सुरुमा गरेको समझदारीभन्दा नयाँ र पृथक कुराहरु आए । त्यसमा हामी सहमत हुन सकेनौं । हाम्रो उहाँहरुलाई शुभकामना छ ।’

के कुरामा को-कोसित असमझदारी भएको भन्नेचाहिँ उनले ‘समय आएपछि’ बताउने उल्लेख गरे ।

‘अहिले यति मात्र भनौं कि ‘हाम्रो नेपाल, हामी नेपाली’ अभियानमा हामी अब छैनौं । देश र समाजको हितका लागि अब के-कसरी अगाडि बढ्न सकिन्छ भन्नेबारे छलफल गर्नेछौं,’ उनले भने ।

यसअघि खरेलले यो अभियानलाई राजनीतिक नभएर सामाजिक अभियानका रुपमा सुरु गर्न लागिएको बताएका थिए । यो अभियानमा ‘भाइरल म्यान’ का रुपमा चिनिएका भ्रष्टाचार विरोधी अभियन्ता बताउने ज्ञानेन्द्र शाही पनि थिए ।


Photo

नयाँ मिडिया डट कम नोवस मिडिया ग्रुप प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.