Naya Media
आइतवार, बैशाख २०, २०८३
| | May 3, 2026
आइतवार, बैशाख २०, २०८३

जिराको विभिन्न भाषामा तयार गरिएको गीत आज रिलिज हुँदै

User Photo आइतवार, भदौ ३, २०८०
काठमाण्डौ ।

सुदुरपश्चिमक कला संस्कृती र पर्यटनको पहिचानको मुद्दा बोकेको  विभिन्न भाषामा रेकर्ड गरिएको देउडा गित आज आइतबार दिउँसो २:५५मा Tapendra Rawal युटुब च्यानलबाट रिलिज गरिने सर्जक तथा निर्देशक तपेन्द्र रावलले जानकारी दिनुभयो ।

है जिराले बोकेको प्लेन भाडामा लगिने ३ गुणा भन्दा बढी भाडालाई समान  हुनुपर्छ भन्दै २०७७ साल देखि निरन्तर  दबाब मुलक कार्यक्रम सन्चालन गर्दै आएका छन। प्रदेशसभा सदस्य , प्रदेश पर्यटन मन्त्री ,मुख्यमन्त्री , संघीय पर्यटन मन्त्री  प्रधानमन्त्री तथा विभिन्न दलका नेताहरुलाई भेटेर ध्यानाकर्षण पत्र बुझाए  तर कुनै पनि दलले बास्ता नगरे पछि समानता लागी सर्वोच्च पुगे तर सर्वोच्चले पनि रिट खारेज गरे पछि अन्तरास्ट्रिय अदालत जानका लागि भारतको ब्याङ्लोरबाट रचनात्मक  दबाबकालागि हस्ताक्षर अभियान शुरु गरेका छन।

संसारको कुनै पनि देशमा जात , धर्म , लिङ्ग , धनी र गरिबका आधारमा भाडादर कायम गरिएको हुदैन र छैन पनि । नेपालमा पनि नेपालको आन्तरिक भाडादर कायम गर्ने , निर्धारण गर्ने र नियमन गर्ने संस्था नागरिक उड्डयन प्राधिकरणको कुनै ऐन नियमावलीमा बिदेशीलाई कति भाडा लिने भन्ने निर्धारण वा उल्लेख गरेको छैन। यो मनपरीतन्त्र  वायु भाडाले गर्दा बिदेशी पर्यटक सुदुरपश्चिममा घुम्न नगएको है जिराको अध्ययनले देखाएको छ। सुदुरपश्चिमको धनगढीमा समेत नेपाल सरकारको स्वामित्वमा रहेको नेपाल वायु सेवा निगमको अहिले सम्म कुनै उडान छैन। यसले सुदुरपश्चिमलाई राज्यलाई विभेद गरेको छैन भनेर कसरी  भन्ने ? सुदुर पश्चिममा  बिदेशी पर्यटक आउने बाताबरण सृजना गर्नका लागि राज्यको उपस्तिथि हुन जुरुरी देखिन्छ। यो बिभेदिकरण अन्त्य गर्न है जिराका सर्जक तथा पर्यटन ब्यवसायी तपेन्द्र रावल अहिले भारतको ब्याङ्लोरमा हस्ताक्षर  अभियानमा छन।

सुदुरपश्चिमको कला संस्कृती र पर्यटनलाई माया गर्ने आमा बुवा दाजु भाइ तथा दिदी बहिनीहरुमा यसलाई सबैको साझा मुद्दा बनाउन भारतका विभिन्न प्रान्तमा अभियानलाई बिस्तार गर्दै छन र यसलाई अन्य देशहरुमा पनि सन्चालन गर्ने तयारी गरेका छन । यो अभियानमा साथ दिन सर्जकले सबै सङ सहयोगको अपिल समेत गरेका छन।


Photo

रमित पाण्डे नयाँ मिडिया डट कमका कैलाली सम्बाददाता हुन । उनी समसामयिक राजनैतिक तथा सामाजिक विषयमा कलम चलाउछ्न ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.