Naya Media
बिहिबार, जेष्ठ १४, २०८३
| | May 27, 2026
बिहिबार, जेष्ठ १४, २०८३

कतारबाट फर्किएका तीन युवा ज्वरो आएपछि अस्पतालमा

संक्रमणको आशंकामा गाउँबासी आतंकित

User Photo मङ्लबार, चैत्र ११, २०७६
काठमाण्डाै ।

वीरगञ्ज । कतार एयरवेजबाट काठमाडौं फर्केकी एक युवतीमा कोरोना संक्रमण देखिएपछि त्यसको त्रास अन्यत्र फैलिरहेको छ ।

पर्सामा कतारबाटै फर्केका तीन जना युवकमा ज्वरो आएपछि अस्पतालमा पुगेका छन् । कतारबाट सखुवाप्रसौनी गाउँपालिका वडा न ४ देउरवानाका तीन जना नारायणी अस्पतालमा पुगेका हुन् ।

गत चैत ४ र ५ गते कतारबाट घर फर्किएका ४५ बर्षका, ३२ बर्षका र २२ बर्षका पुरुषमा ज्वरो देखिएको हो । लक डाउनको दिन मंगलबार मोटरसाइकलमा अस्पताल आउन लागेका उनीहरुलाई इलाका प्रहरी कार्यालय पटेर्वा सुगौली र वडा कार्यालयले एम्बुलेन्समा राखेर नारायणी अस्पतालमा पठाएको छ ।

‘स्वास्थ्य चौकीमा चेकजाँच गर्दा कतारबाट आएका तीन जनामा ज्वरो देखियो, उनीहरु चैत ४ गते र ५ गते कतारबाट फर्केका रहेछन्’ उनले भने ‘इलाका प्रहरी कार्यालयसँग समन्वय गरेर उनीहरुलाई नारायणी अस्पताल पठाएका छौं ।’

कोरोना भाइरस संक्रमणको आशंकामा गाउँबासी आतंकित रहेको उनले बताए ।

कतारबाट फर्केर नारायणी अस्पतालमा आएकाहरुमा सामान्य ज्वरो देखिएको नारायणी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा मदन उपाध्यायले जानकारी दिए ।

‘उहाँहरुमा सामान्य ज्वरो छ, कोरोनासँग सम्बन्धित अन्य लक्षणहरु देखिएको छैन’ उनले भने ‘उहाँहरुको यात्राको वृृत्तान्त (ट्राभल हिस्ट्री) नबुझी के गर्ने भन्ने निर्णय गर्न गाह्रो छ ।’


Photo

नयाँ मिडिया डट कम नोवस मिडिया ग्रुप प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.