Naya Media
आइतवार, जेष्ठ १७, २०८३
| | May 31, 2026
आइतवार, जेष्ठ १७, २०८३

अव्यवस्थित क्वारेन्टाइनका कारण झन संक्रमण फैलिएकाे विज्ञकाे दाबी

User Photo शनिबार, जेष्ठ ३, २०७७
काठमाण्डाै ।

मापदण्ड नपुगेका अव्यवस्थित क्वारेन्टाइनले कोभिड–१९ को संक्रमण विस्तारमा सघाएको दाबी विज्ञहरूले गरेका छन् । पर्सा, रूपन्देही र कपिलवस्तुमा क्वारेन्टाइनबाट संक्रमण फैलिएको उनीहरूको भनाइ छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शुक्रबार मुलुकभरि १५ हजार ६ सय ८३ जना क्वारेन्टाइनमा छन् । सबैभन्दा बढी प्रदेश ५ मा ८ हजार ३ सय २५ जना क्वारेन्टाइनमा छन् ।

सुदूरपश्चिममा २ हजार ९ सय १६, प्रदेश २ मा २ हजार ५१, कर्णालीमा १ हजार ८२, प्रदेश १ मा ८ सय ८५, गण्डकीमा ३ सय ७ जना र सबैभन्दा कम वाग्मतीमा १ सय १७ जना क्वारेन्टाइनमा छन् ।

इपिडिमियोलजी तथा रोग नियन्त्रण महाशाखाका पूर्वनिर्देशक डा. जीडी ठाकुरले स्कुल, खाली ठाउँमा बनाइएको क्वारेन्टाइनमा कुनै आधारभूत सुविधा नभएको र व्यक्तिगत/सामाजिक दूरी कायम राख्न प्रेरित पनि नगरिएको बताए । ‘केही क्वारेन्टाइनमा त साबुनपानीले हात धुने व्यवस्थासमेत छैन,’ उनले भने, ‘स्थानीय सरकारहरूद्वारा निर्मित अव्यवस्थित क्वारेन्टाइन संक्रमण फैलाउने ठाउँ बनेको छ ।’

स्वास्थ्य मन्त्रालयका एक उच्च पदाधिकारीले पनि क्वारेन्टाइनमा उच्च जोखिम भएकाहरूको पीसीआर परीक्षण गर्दा अत्यधिक पोजिटिभ देखिएको बताए । मन्त्रालयले पछिल्लो समय क्वारेन्टाइनमा बसेका व्यक्तिहरूलाई लक्ष्य गरी पीसीआर परीक्षण बढाएको छ । विज्ञहरूका अनुसार पहिलो पटक चीनबाट विद्यार्थी ल्याउँदा सरकारले बनाएको क्वारेन्टाइन विश्व स्वास्थ्य संगठनको मापदण्डअनुसार थियो । याे खबर कान्तिपुर दैनिकमा छ ।


Photo

नयाँ मिडिया डट कम नोवस मिडिया ग्रुप प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.