पछिल्लो २४ घण्टामा नेपालमा २ सय ८८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। शुक्रबार मन्त्रालयले दिएको जानकारीअनुसार पछिल्लो २४ घन्टामा ४ हजार ७१ पिसिआर गर्दा २ सय ८८ लाई कोरोना संक्रमण पुष्टि भएको हो।
योसँगै नेपालमा कोरोना संक्रमितको संख्या दुई लाख ७९ हजार ३ सय ८८ पुगेको छ। बितेको २४ घन्टामा १ सय २७ जना निको भएका छन्। नेपालमा हालसम्म कोरोनाबाट निको हुनेको संख्या दुई लाख ७३ हजार ७३५ पुगेको छ। यस्तै, कोरोनाबाट मृत्यु हुनेको कुल संख्या ३ हजार ३८ रहेको छ।
