Naya Media
आइतवार, जेष्ठ १७, २०८३
| | May 30, 2026
आइतवार, जेष्ठ १७, २०८३

भारतले कोरोना विरुद्धको खोप नदिएपछि चिनबाट खोप ल्याउने प्रकृयामा सरकार

User Photo शुक्रबार, जेष्ठ ७, २०७८
काठमाण्डाै ।

तत्काल भारतको सेरम कम्पनीले कोरोना विरुद्धको कोभिसिल्ड खोप निर्यात नगर्ने बताएपछि सरकारले अर्काे मुलुकबाट खोप ल्याउने प्रकृयामा छलफल अगाडि बढाएको छ।

हाल स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले चीनमा उत्पादन भएको र नेपालमा आपतकालिन अनुमती पाइसकेको भेरोसेल खोप खरिद गर्ने विषयमा छलफल अघि बढाएको हो।

सरकारले चीनसँग एक करोड डोज खोप खरिदका लागि छलफल गरेको थियो। पहिलो चरणमा २० लाख डोज खोप किन्ने नेपालको तयारी स्वरुप छलफल अगाडि बढाइएको मन्त्रालय स्रोतले बताएको छ। मन्त्रालय स्रोतले भन्यो,‘तत्काल अब भारतबाट खोप आउने सम्भावना कम भएपछि चीन वा अन्य मुलुकबाट खोप ल्याउने विषयमा छलफल भएको हो, त्यसै अनुरुप चीनको भेरोसेल खोप खरिदको विषयमा पनि छलफल भएको छ।’

यस अघि चीनले अनुदान स्वरुप ८ लाख डोज भेरोसेल खोप दिएको थियो। जुन अहिले दोस्रो डोज लगाइदैँछ। भेरोसेल खोपको मूल्य प्रति एक डोज १८ डलर पर्छ। यस अघि भारतबाट सरकारले किनेको कोभिसिल्ड खोपको एक डोजलाई चार डलर परेको थियो।

विज्ञहरुले आगामी मंसिरमा कोरोनाको तेस्रो लहर आउने बताइरहेको समयमा त्यसबेला सम्म केही जनसंख्यालाई खोप ल्याएर लगाउन सके कोरोना संक्रमणबाट धेरैको ज्यान जोगाउन सकिने भन्दै मन्त्रालयले दोस्रो मुलुकबाट ल्याएर भए पनि खोप लगाउनु पर्ने भन्दै तयारी अगाडि बढाएको हो।


Photo

नयाँ मिडिया डट कम नोवस मिडिया ग्रुप प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.