Naya Media
बुधबार, बैशाख ९, २०८३
| | April 22, 2026
बुधबार, बैशाख ९, २०८३

कब्जियतबाट मुक्ति पाउन हरेक विहान सेवन गर्नुहाेस यि चार खानेकुरा

User Photo सोमवार, अशोज १८, २०७८
काठमाण्डौ ।

कब्जियतको समस्याबाट पीडित व्यक्तिहरुले हरेक बिहान खानेकुरामा ध्यान दिने गर्नुपर्छ । बिहान पेट सफा भएन भने दिनभर ताजा महसुस गर्न सकिदैन । पेट सफा नहुँदा छालासम्बन्धी समस्याहरु पनि आउने गर्छन् । तर, आफ्नै जीवनशैलीका कारण कब्जियतको समस्या हुने गर्छन् । त्यसैले हरेक बिहान के खाने त ?

कागती पानी

कागतीले शरीरमा भएको बिकार तत्वलाई बाहिर फाल्ने काम गर्छ । कहिलेकाँही कब्जियतको समस्या भएमा एक गिलास तातोपानीमा एउटा कागतीको रस मिसाएर त्यसमा एक चम्चा मह हाल्ने र पिउने गर्दा कब्जियतको समस्या कम हुँदै जान्छ ।

दूध र दही

कब्जियतको समस्याबाट छुटकारा पाउनका लागि पेटमा राम्रो ब्याक्टेरिया पनि हुन आवश्यक छ । दहीमा प्रोबायोटिक हुन्छ त्यसैले हरेक दिन एक कप दही खाने गर्नुपर्छ । यसका साथै, कब्जियतबाट छुटकारा पाउनका लागि एक गिलास दूधमा २ चम्चा घ्यू हालेर राति सुत्नुअघि पिउने गर्दा कब्जियतको समस्या कम हुन्छ ।

फाइबरयुक्त खाना

एक दिनमा महिलाका लागि २५ ग्राम फाइबर खान आवश्यक छ । भने एक पुरुषले ३५ ग्राम फाइबर खान आवश्यक छ । त्यसैले हरेक दिन फाइबरयुक्त खाना खान आवश्यक छ । जसले कब्जियतको समस्या कम हुन्छ ।

आयुर्वेदिक औषधि

सुत्नु अघि ३ वटा त्रिफलाको चक्की तातोपानीसँग पिउनुपर्छ । त्रिफला पेटका लागि आवश्यक छ । यसलाई रातिमा सेवन गर्न सकिन्छ ।


Photo

नयाँ मिडिया डट कम नोवस मिडिया ग्रुप प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.