Naya Media
सोमवार, माघ ५, २०८२
| | January 19, 2026
सोमवार, माघ ५, २०८२

बढेको गाडी भाडा आजदेखि लागु, दसैँको अग्रिम टिकट बुकिङ्गमा अझै अन्यौल

User Photo
आइतवार, अशोज ७, २०७५

दसैँका लागि अग्रिम टिकट बुकिङ्ग आइतबारदेखि खोलिने भनिए पनि अन्यौल भने कायमै छ । व्यवसायीको माग अनुसार भाडा बढाए पनि दसैँका लागि अग्रिम टिकट बुकिङ्ग खुलाउने बारेको अन्यौल कायमै रहेको हो ।

यातायात व्यवसायी राष्ट्रिय महासंघले यसबारे विभागको पत्र पाएपछि सोमबार बैठक बसेर मात्रै टिकट बुकिङ्गबारे औपचारिक निर्णय गर्ने भएको छ ।

भाडा बढाउन नपाए दसैँका लागि अग्रिम टिकट बुकिङ्ग नखोल्ने बताएका यातायात व्यवसायीलाई १० प्रतिशत भाडा बढाउन सहमति दिएको सरकारले वैज्ञानिक भाडादरका नाममा छटपर्व लगत्तै फेरि भाडा बढाउने तयारी गरको हो ।

यसका लागि शनिबार नै ३ सदस्यीय समिति गठन गरिएको छ । समितिले दुई महिनामा नयाँ भाडादर सिफारिस गर्नेछ । शनिबार बढेको भाडा इन्धनमा भएको मूल्यबृद्धिका आधारमा मात्र निर्धारण गरिएकाले वैज्ञानिक भाडादर निर्धारण गर्न समिति गठन गरिएको सरकार र यातायात ब्यवसायीको दाबी छ ।

उनीहरुका अनुसार इन्धनसंगै, लुब्रिकेण्ट्समा बढेको भाउ, गाडीमा बढेको कर लगायत जोडेर नयाँ भाडादर निर्धारण गरिनेछ ।

सिण्डिकेट हटाएको र सबै यातायात समिति खारेज गरेको दावी गर्ने सरकारले यातायात व्यवसायी राष्ट्रिय महासंघसंग वार्ता गरी भाडा बढाउने सहमति दिएको हो । बढेको भाडा आइतबारदेखि लागु हुने यातायात व्यवस्था विभागले जनाएको छ ।


Photo

नयाँ मिडिया डट कम नोवस मिडिया ग्रुप प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.