Naya Media
आइतवार, असार १, २०८२
| | June 15, 2025
आइतवार, असार १, २०८२
Advertisement

बढेको गाडी भाडा आजदेखि लागु, दसैँको अग्रिम टिकट बुकिङ्गमा अझै अन्यौल

User Photo
आइतवार, अशोज ७, २०७५

दसैँका लागि अग्रिम टिकट बुकिङ्ग आइतबारदेखि खोलिने भनिए पनि अन्यौल भने कायमै छ । व्यवसायीको माग अनुसार भाडा बढाए पनि दसैँका लागि अग्रिम टिकट बुकिङ्ग खुलाउने बारेको अन्यौल कायमै रहेको हो ।

यातायात व्यवसायी राष्ट्रिय महासंघले यसबारे विभागको पत्र पाएपछि सोमबार बैठक बसेर मात्रै टिकट बुकिङ्गबारे औपचारिक निर्णय गर्ने भएको छ ।


advertisement

भाडा बढाउन नपाए दसैँका लागि अग्रिम टिकट बुकिङ्ग नखोल्ने बताएका यातायात व्यवसायीलाई १० प्रतिशत भाडा बढाउन सहमति दिएको सरकारले वैज्ञानिक भाडादरका नाममा छटपर्व लगत्तै फेरि भाडा बढाउने तयारी गरको हो ।

यसका लागि शनिबार नै ३ सदस्यीय समिति गठन गरिएको छ । समितिले दुई महिनामा नयाँ भाडादर सिफारिस गर्नेछ । शनिबार बढेको भाडा इन्धनमा भएको मूल्यबृद्धिका आधारमा मात्र निर्धारण गरिएकाले वैज्ञानिक भाडादर निर्धारण गर्न समिति गठन गरिएको सरकार र यातायात ब्यवसायीको दाबी छ ।

उनीहरुका अनुसार इन्धनसंगै, लुब्रिकेण्ट्समा बढेको भाउ, गाडीमा बढेको कर लगायत जोडेर नयाँ भाडादर निर्धारण गरिनेछ ।

सिण्डिकेट हटाएको र सबै यातायात समिति खारेज गरेको दावी गर्ने सरकारले यातायात व्यवसायी राष्ट्रिय महासंघसंग वार्ता गरी भाडा बढाउने सहमति दिएको हो । बढेको भाडा आइतबारदेखि लागु हुने यातायात व्यवस्था विभागले जनाएको छ ।


Photo

नयाँ मिडिया डट कम एक्टिभ प्रेस प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published.

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


सञ्चालक
एक्टिभ प्रेस प्रा.लि.

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

nayamedia.com@gmail.com

© 2016 - 2025 Active Press Pvt.Ltd. All Rights Reserved.