फूलपातीपछि पनि बैंक खुल्ने, नयाँ नोट २९ गतेसम्म साट्न पाइने

नेपाल राष्ट्र बैंकले हिन्दू नेपालीहरुको ठूलो पर्व दशैंलाई मध्यनजर गर्दै असोज मसान्तसम्म बैंकहरु खुल्ला राख्न निर्देशन दिएको छ ।

दशैंलाई मध्यनजर गर्दै राष्ट्र बैंकले असोज ३० गते फूलपाती र ३१ गते महाअष्टमीका दिन पनि बैंक खुल्ला राख्न निर्देशन दिएको हो ।  राष्ट्र बैंकका प्रवक्ता नारायण पौडेलका अनुसार असोज मसान्तमा राजस्व संकलन गर्नुपर्ने भएकाले सार्वजनिक बिदामा पनि बैंक खोल्न निर्देशन दिइएको हो ।

यद्यपि सर्वसाधारण नयाँ नोट साट्ने समय भने आगामी २१ गतेदेखि २९ गतेसम्मका लागि मात्रै समय तोकिएको नेपाल राष्ट्र बैंकले जनाएको छ ।

राष्ट्र बैंकका प्रवक्ता नारायण पौडेलले सर्पसाधारण आगामी २१ गतेदेखि २९ गतेसम्म शनिबारबाहेक कार्यालय समयमा सबै वाणिज्य बैंक शाखाबाट नयाँ नोट साट्न सक्ने व्यवस्था मिलाएको जानकारी दिए ।

यो सामाग्री पढेर तपाईलाई कस्तो महसुस भयो ?

View all articles by
बुध, अशोज १०, २०७५ (September 26, 2018, 1:08 pm) मा द्वारा जनजीविका अन्तर्गत प्रकाशित

प्रतिकृया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *


फेसबुकबाट प्रतिक्रिया

भर्खरै