Naya Media
शुक्रबार, जेष्ठ ३०, २०८२
| | June 13, 2025
शुक्रबार, जेष्ठ ३०, २०८२
Advertisement

होसियार, लुटिनु होला नि !

User Photo
बिहिबार, अशोज ११, २०७५

चाँडपर्व नजिकिँदै गर्दा तपाई किनमेलको हतारमा त हुनुहुन्न, हतार गरिरहनु भएको छ भने होसियार हुनुहोस् अपराध गर्नेहरू सक्रिय हुन थालेका छन् । विशेष गरी चाँडपर्वको समयमा किनमेलका लागि ‘नगद’ जम्मा गरिराख्नु पर्ने बाध्यतासँगै चोरी, डकैती, लुटपाट र पकेटमारी बढी हुने गरेको जानकारी प्रहरीले दिएको छ ।

महानगरीय प्रहरी अपराध महाशाखा चोरी नियन्त्रण ‘पिलर’ प्रमुख एवम् प्रहरी नायव उपरीक्षक सन्तोष खड्का काठमाडौँ उपत्यकामा अन्य समयको भन्दा चाँडपर्वका बेला बढी यस्ता अपराध हुने गरेको बताउँछन् ।


advertisement

‘यतिबेला प्रायः सबैले पकेट र घरमा सरसामान खरिद गर्न नगद जम्मा गरेको हुन्छ, बैङ्कको लकरमा राखेको गरगहना समेत झिकेर प्रयोग गर्ने गर्छन्’ उनले भने–‘यही मौकामा अपराधीहरू योजनावद्ध ढङ्गले चोरी र लुटपाट गर्छन् ।’

चोरी, लुटपाट, डकैती र पकेटमारीका अपराध हुनुको मुख्य कमीकमजोरी स्वयम् पीडित ब्यक्तिभित्र नै हुने गरेको भनाइ प्रहरीको छ । घर कोठाको झ्यालढोका बन्द गर्नेदेखि यातायातको साधन प्रयोग गर्दा समेत ध्यान दिइएको हुँदैन ।

प्रमुख खड्का भन्छन् ,‘यस्तो बेला सबैमा हतार बढी हुन्छ, घर कोठा बन्द गरेर निस्कदा पनि छरछिमेकलाई खवर गर्ने, बाक्लो भीडभाड भएका बजारमा हिँड्दा नगद तथा गहनाको सुरक्षा र यातायातका साधन चढ्दा तथा ओर्लदा आफ्नो सामानको आफै सुरक्षा गर्ने जस्ता सामान्य सचेतना अपनाइँदैन ।’

अपराध महाशाखाका अनुसार, यो पछिल्लो समयमा दिउँसो साढे तीनदेखि साढे चारबजेको समयमा चोरी बढेको छ । यो वेला घरकोठामा भएका आफन्त छोराछोरी लिन स्कुल जाने र झ्यालढोका राम्रोसँग नथुन्ने भएकाले उक्त समयमा चोरी बढेको भनाइ प्रहरीको छ ।


Photo

नयाँ मिडिया डट कम एक्टिभ प्रेस प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published.

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


सञ्चालक
एक्टिभ प्रेस प्रा.लि.

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

nayamedia.com@gmail.com

© 2016 - 2025 Active Press Pvt.Ltd. All Rights Reserved.