Naya Media
सोमवार, माघ २६, २०८२
| | February 9, 2026
सोमवार, माघ २६, २०८२

नागढुंगाको जाम छल्न यसरी खाेजी हुँदैछ वैकल्पिक मार्ग

User Photo आइतवार, अशोज १४, २०७५

हजारौं यात्रुहरूलाई सास्ती दिने नौबिसे–नागढुंगा–कलंकी सडकको सवारी जामलाई कम गर्न वैकल्पिक मार्ग सञ्चालनको तयारी गरिएको छ ।

दसैं अगाडि राजधानी बाहिरिने देशभरका यात्रुहरूले भोग्नुपरेको घण्टौं सवारी जामको सास्तीलाई न्यूनीकरण गर्न तत्काल वैकल्पिक मार्ग सञ्चालनमा ल्याउने तयारी गरिएको छ ।

विकल्पका रूपमा सबैभन्दा सहज हाल निर्माणाधीन धार्के–ठूलोखोला–भीमढुंगा–सीतापाइला सडक तत्काल सञ्चालनमा ल्याइने तयारी अघि बढेको छ । उक्त सडक धार्केदेखि धादिङ ठूलोखोला सम्म १३ किलोमिटर र त्यसपछि भीमढुंगा हुँदै काठमाडौं सीतापाइला सम्म १० किलोमिटर निर्माणाधीन छ।

यो सडक १२ मिटर चौडा गरी चालू आर्थिक वर्षमा ग्राभेल गर्न निर्माण कम्पनीलाई जिम्मा दिइसकिएको छ । वैकल्पिक सडकमा साना सवारी सञ्चालन गर्न दिने तयारी छ । नौबिसे नागढुंगा सडकमा सवारी सञ्चालनको अहिलेको अवस्थालाई व्यवस्थित गर्न सरोकारवालाहरू भेला भई सडकको निरीक्षण गरी तत्काल वैकल्पिक मार्ग सुचारु गर्न छलफल गरिएको हो।

छलफलमा प्रदेशसभा सदस्य राजेन्द्र पाण्डेले नौबिसे– नागढुंगा सडकमा भासिएका खाल्डाखुल्डीलाई तत्काल पुर्न सडक कार्यालयले प्रहरीसँग समन्वय गर्नुपर्ने बताए । पाण्डेले सवारी जामको समस्या धादिङको नागरिकका लागि मात्र नभई देशकै लाखौं यात्रुहरूको समस्या भएकाले देशकै लागि काम गरिरहेको बताए।

सडक निरीक्षणपछि धुनिबेंसी नगरपालिकाका मेयर बालकृष्ण आचार्यले वैकल्पिक मार्गको रूपमा रहेको धार्के–सीतापाइला निर्माणाधीन सडकमा गाडी सञ्चालन गर्दा नियमित रूपमा पानी छर्कने व्यवस्था गरिनुपर्ने बताए । उनले नौबिसे–नागढुंगा सडकको मर्मतका लागि सडक कार्यालय, मर्मतको समयमा ट्राफिक व्यवस्थापनका लागि ट्राफिक प्रहरीसँग समन्वय गरिने बताए ।

प्रमुख जिल्ला अधिकारी भागिरथ पाण्डेयले सडक जामको समस्या कम गर्न आफ्नो तर्फबाट कुनै काम बाँकी नराख्ने बताए । जिल्ला प्रहरी प्रमुख डम्बरबहादुर विकले सडक जामको समस्या कम गर्न मापदण्डविपरीत बढी भार बोकेका र लामो सवारीसाधनलाई धार्के आई नपुग्दै दिनभर धादिङका विभिन्न स्थानमा रोकिने र राति १० वजेपछि मात्रै सञ्चालन गर्न दिने गरी काम गर्न पहल भइरहेको बताए ।

गत १ गते विश्वकर्मा पूजापछिको चार दिन लगातार यातायात बन्दले सवारी आवागमन प्रभावित भएको छ । चाडबाड नजिकिँदै गर्दा दैनिक दुई हजार मालवाहक ट्रक राजधानी भित्रिने गरेका छन् । यीमध्ये ७ सय जति भारतीय ठूला ट्रक हुन्छन् ।


Photo

नयाँ मिडिया डट कम नोवस मिडिया ग्रुप प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.