Naya Media
सोमवार, माघ ५, २०८२
| | January 19, 2026
सोमवार, माघ ५, २०८२

नौबिसे–नागढुङ्गा सडकको विकल्प खोजिँदै

User Photo
आइतवार, अशोज १४, २०७५

नौबिसे–नागढुङ्गा सडकमा हुने गरेको सवारी चापलाई कम गर्न वैकल्पिक मार्ग खोल्ने तयारी गरिएको छ ।

वडादशैँका बेला धेरै सवारीसाधनको चापले घर हिँडेकाहरू जाममा पर्ने भएकाले वैकल्पिक मार्ग प्रयोग गर्न लागिएको हो । अचेल हरेक दिन नौबिसे नागढुङ्गा सडकमा २५ किलोमिटर सडकमा यातायात अवरुद्ध भई उक्त दूरी पार गर्न चार घण्टाभन्दा बढी समय लाग्ने भएकाले धादिङको धार्केबाट सीतापाइला जाने कच्ची सडकलाई वैकल्पिक मार्गका रूपमा प्रयोग गर्न मर्मत थालिएको धुनीबेंसी नगरपालिकाका प्रमुख बालकृष्ण आचार्यले जानकारी दिए ।

देशभरका मानिस आवतजावत गर्ने सडक भएकाले यसलाई नियमित गराउन कुनै कसर बाँकी नराख्ने र नागरिकलाई सहज र छिटो तरिकाले यात्रा गराउन लागि परेको धादिङका प्रमुख जिल्ला अधिकारी भारिथ पाण्डेले बताए । सडकको जाम कम गर्न आयोजित सर्वपक्षीय छलफलमा नगर प्रमुख आचार्य, सो क्षेत्रका प्रदेशसभा सांसद राजेन्द्र पाण्डे, जिल्ला प्रहरी प्रमुख तथा प्रहरी उपरीक्षक डम्बरबहादुर विक, सडक डिभिजन कार्यालयका प्रमुख हरि ठकुरीलगायतले वैकल्पिक मार्ग सञ्चालन गरी दर्शैँका लागि यातायात व्यवस्था नियमित गर्र्नुपर्नेमा जोड दिए ।

हरेक दिन हुने जामलाई कम गर्न ठूला, अत्यधिक भार भएका र लामो दूरीका सवारी साधनलाई धार्के क्षेत्रमा दिउँसोको समयमा रोक्ने र राति मात्र सञ्चालन गर्न दिने, अन्य सवारी साधनलाई धार्के सीतापाइला सडकको वैकल्पिक मार्ग प्रयोगका लागि अनुरोध गर्ने र राजमार्गमा एकनासले सवारी साधान सञ्चालन हुने व्यवस्था मिलाउन लागिएको जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक विकले बताए ।

वैकल्पिक मार्ग धार्के सीतापाइला २३ किलोमिटर र धार्के कलङ्की २५ किलो मिटर रहेको छ । नगर प्रमुख आचार्यले वैकल्पिक सडकमा धुलो उढ्न नदिन दैनिक पानी हाल्नुपर्नेमा जोड दिए । नौबिसे नागढुङ्गा सडक खण्डमा एउटा सवारीसाधन बिग्रियो भने पाखा लगाउने ठाउँ छैन । दुई तीन वटा सवारीसाधन बिग्रिएपछि झन त्रिभुवन राजपथको सो सडक खण्ड अवरुद्ध हुने गरेको छ । सानो सडक र धेरै घुम्ती भएका कारण यो सडकको स्तरोन्नति गर्नुपर्ने अवस्था छ ।

निर्माण शुरु गर्दा दिनमा एक हजारसम्म सवारीसाधन गुड्न सक्ने गरी बनाइएको सो सडकमा हरेक दिन १० हजारभन्दा बढी सवारीसाधन आवतजावत गर्ने गरेको गजुरीस्थित जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।


Photo

नयाँ मिडिया डट कम नोवस मिडिया ग्रुप प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.