Naya Media
शनिबार, फाल्गुन २, २०८२
| | February 14, 2026
शनिबार, फाल्गुन २, २०८२

रामेछापकाे दोरम्बा पर्यटकीय गाउँ घोषित, स्थानीय हर्षित

User Photo बुधबार, अशोज १७, २०७५

दोरम्बालाई जिल्लाकै पहिलो पर्यटकीय गन्तव्य गाउँ घोषणा गरेसँगै दोरम्बाका जनप्रतिनिधि लगायत स्थानीयहरु खुशीले गदगद् भएका छन् ।

दोरम्बा पर्यटन गन्तव्य बनेपछि गाउँमा पर्यटकहरु प्रशस्त मात्रामा भित्रने हुँदा गाउँमा आर्थिक लाभ सहजै लिन सकिने भएकाले दोरम्बावासीहरुमा खुशीयाली बढेको हो । यसअघि पनि दोरम्बा द्वन्द्कालीन घटनामा नेपाली सेनाले गरेको युद्धअपराध, ऐतिहासिक पुरातात्विक धरोहर र प्राकृतिक सुन्दरताले भरिपूर्ण भएकाले पनि चर्चामा आउने गरेको गियाे ।

द्वन्द्वकालीन घटना घटेको दोरम्बा डाँडामा अहिलेको सरकारले युद्धपर्यटनको क्षेत्रको रुपमा विकास गर्ने पहल गरेको छ । सरकारले युद्धपर्यटनको क्षेत्रको रुपमा काम गर्ने भएपछि स्थानीय जनप्रतिनिधिहरुले पर्यटन विकास र समृद्धिको लागि आवश्यक पूर्वाधार निर्माण गर्ने प्रतिवद्धता गर्दै पर्यटन विकास योजनालाई अघि सारेको छ ।

गाउँपालिकाले दोरम्बाको गुराँसे, सैलुङ तथा सानो सैलुङ लगायतका चार गाउँलाई पर्यटकीय गाउँको रुपमा विकास गर्ने लक्ष्यका साथ काम अघि बढाएको छ ।

यसका लागि पालिकाले यसै आर्थिक वर्षमा केही बजेट विनियोजन गरी काम अघि वढाएको छ भने आउँदो वैशाखमा सैलुङ महोत्सवको आयोजना गरि थप आन्तरिक र बाह्य पर्यटकहरु समेत भित्रयाउने लक्ष्य गाउँपालिकाले अघि सारेको दोरम्बा गाउँपालिका प्रमुख कमानसिं तामाङले जानकारी दिन्भयो ।

उहाँले भन्नुभयो – ‘वास्तवमै दोरम्बा प्राकृतिक तथा भौगोलिक र सुन्दरताको हिसाबले भरिपूर्ण ठाउँ  हो । दोरम्बाबाट सहजै रोल्वालिङ हिमश्रृंखला तथा अन्नपूर्ण हिमश्रृंखलाको मनमोहक दृश्य कैद गर्न सकिने भएकाले पनि दोरम्बामा पर्यटकहरु भित्रन सक्ने विश्वास गाउँपालिकाले लिएको प्रमुख तामाङले बताउनुभयो ।


Photo

नयाँ मिडिया डट कम नोवस मिडिया ग्रुप प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.