Naya Media
सोमवार, कार्तिक २४, २०८२
| | November 10, 2025
सोमवार, कार्तिक २४, २०८२

दसैंमा विशेष सुरक्षा योजना

User Photo
बिहिबार, अशोज १८, २०७५

चाडपर्वका बेला हुनसक्ने आपराधिक घटना न्युनिकरणगर्न जिल्लाप्रहरी कार्यालय मोरङले बिशेष सुरक्षा योजना ल्याएको छ ।जिल्ला प्रहरी कार्यालय मोरङले बुधबार सञ्चारकर्मीलाई विशेष सुरक्षा योजनाका विषयमा जानकारी गराएको हो ।

सुरक्षा योजना अन्र्तगत चाडपर्वको वेला धेरै भीडभाड हुने स्थानमा सादा पोशाकमा प्रहरी परिचालन गरिने छ । आवश्यक संख्याका प्रहरीलाई पैदल  र  साईकल गस्तीमा परिचालन गरिने छ । वित्तीय संस्था, सुनचाँदी लगायतका अन्यपसलहरुमा सादा पोशाकमा हतियार सहितका प्रहरीको परिचालन गरिने व्यवस्था मिलाइएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख प्रहरी उपरीक्षक मनोजकुमार केसीले वताए । उनका अनुसार सुरक्षा योजना अन्र्तगत सीमाक्षेत्रमा विशेष सर्तकता अपनाईने छ । यस्तै मुख्यराजमार्ग तथा सहायक मार्गमा सवारी चेकजाँचलाई कडाई गरिने छ भने मापसे गरि सवारी चलाउनेलाई नियन्त्रण गर्न कडाई गरिने छ ।

दसैं तिहार जस्ता चाडपर्वमाहुने जुवातासलाई नियन्त्रण गर्न मोरङ प्रहरीले विषेश निगरानी गर्ने भएको छ । जुवातास नियन्त्रण गर्न बिशेष टोली परिचालन गरिने प्रमुख केसीले बताए । उनले चाडपर्वका वेला सीमा क्षेत्रवाट हुने हातहतियार ओसारपसार नियन्त्रण,अवैध पैठारी नियन्त्रण, लागूपदार्थ ओसारपसार नियन्त्रणमा सर्तकता अपनाइने छ । समाजमाशान्ति सुरक्षा भड्काउनखोज्नेलाई नियन्त्रणमा लिई कडा कारवाहि चलाइने उनले बताए ।

यस्तै जिल्लाप्रहरी कार्यालयले गाँउ टोलका घरमाचोरी तथा लुटपाट नियन्त्रणका लागि विशेष सुरक्षा अनुरुप एम्वुस नीति ल्याएको छ । चाडपर्वमा सुरक्षा अवस्था थप सुदृढ बनाउन जिल्लालाई ९ क्षेत्रमा विभाजन गरी झण्डै एकहजार प्रहरी परिचालन गरिने एसपी केसीले बताए ।


Photo

नयाँ मिडिया डट कम एक्टिभ प्रेस प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सञ्चालक
नोवस मिडिया ग्रुप प्रा.लि.

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

              © 2016 - 2025 | Novus Media Group Pvt.Ltd. | All Rights Reserved.