Naya Media
आइतवार, फाल्गुन ३, २०८२
| | February 15, 2026
आइतवार, फाल्गुन ३, २०८२

बिहीबार देखी संस्थानको खसी बोका बिक्री

User Photo सोमवार, अशोज २२, २०७५

नेपाल खाद्य संस्थानले यही बिहीबार देखी खसी बोकाको बिक्री सुरु गर्ने भएको छ । संस्थानले विभिन्न जिल्लाबाट संकलन गरेका खासिबोका २४ असोजमा राजधानीमा आइपुग्ने भएकोले २५ देखी बिक्री गर्ने निर्णय गरेको नेपाल खाद्य संस्थानका प्रवाक्ता शंकर सापकोटाले बताए ।

मुस्ताङ्गबाट राजधानीमा च्यांग्रा ल्याउने जिम्मा हरहरमाहादेव ढुवानी कम्पनीलाई दिएको पनि प्रवाक्ता सापकोटाले जानकारी दिए । कम्पनीले मुस्ताङ्गबाट राजधानी सम्ममा एक हजार च्यांग्राको ढुवानी भाडा ६ लाख ७३ हजार रुपैँयामा लिने गर्छ । प्रवाक्ता सापकोटाको भनाइ अनुसार, प्रति च्यांग्रा ढुवानी ६ सय ७३ रुपैँयामा हरहरमहादेव ढुवानी कम्पनीसंग नेपाल खाद्य संस्थान विच सहमति भएको छ ।

उनले यो दसैमा गतवर्षको भन्दा प्रतिकेजी मासुमा २० देखि २५ रुपैँया बढन सक्ने बताए । यो वर्ष ढुवानी दर बढि भएकाले मासुको मुल्य पनि बढ्ने छ । तर दसैमा मासुको मुल्य के कति हुन्छ एकिन टुग्गो नलागेको उनलेब ताए ।

खसी बोकको मुल्य बुधबार मात्रै निर्धारण हुने भएको छ । गतवर्षमा खसीको मुल्य प्रति केजी ४ सय ५० र च्याङ्गराको मुल्य ६ सय ५० रुपैया थियो । संस्थाले यो वर्ष दसैमा २ हजार खसीबोका राजधानीमा विक्री वितरण गर्ने जनाएको छ । जसमा एक हजार च्यांग्रा र एक हजार खसीबोका रहेका छन ।

यस्को लागि संस्थानले ३ करोड ४९ लाख रुपैया छुट्याएको छ । गतवर्षको दसैंमा २ हजार ५०० सय खसीबोका राजधानी ल्याउनको लागि ३ करोड ८७ लाख रुपैँया छुट्याएको थियो । दसैको समयमा राजधानीमा अन्य समयको भन्दा धेरै मासू खपत हुने हुँदा मुल्य नियन्त्रणको लागि संस्थानले खसी बोकाका मुल्य निर्धारण गर्ने गर्छ ।


Photo

नयाँ मिडिया डट कम नोवस मिडिया ग्रुप प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.