Naya Media
शुक्रबार, जेष्ठ ३०, २०८२
| | June 13, 2025
शुक्रबार, जेष्ठ ३०, २०८२
Advertisement

नेपालमै कामदार अभाव, कामदार खाेजी दिन यि कम्पनीले गरे सरकारसँग अनुरोध

User Photo
मङ्लबार, माघ १५, २०७५

काठमाडौं । स्वदेशमा काम नपाएको भन्दै रोजगारीका लागि विदेश जाने नेपालीको संख्या बढिरहे पनि मुलुकभित्रै विभिन्न उद्योगमा भने कामदारको चरम अभाव देखिएको छ।

खासगरी इँटा, हस्तकला तथा जलविद्युत् कम्पनीले एक लाख ५० हजारभन्दा बढी जनशक्ति व्यवस्थापन गर्न सरकारसँग अनुरोध गरेका छन्। मागअनुसार श्रमिक नपाएपछि इँटा उद्योग, हस्तकला र जलविद्युत् कम्पनीले जनशक्ति व्यवस्थापन गरिदिन सरकारसँग अनुरोध गरेका हुन्।


advertisement

स्वदेशको रोजगारी छाडेर विदेश जाने युवाको प्रवृत्तिका कारण उद्योगले कामदार व्यवस्थापन गर्न सकेका छैनन्। हस्तकला उद्योग र जलविद्युत् कम्पनीले सरकारसँग दक्ष नेपाली जनशक्ति अभावमा उद्योग र परियोजना बन्द गर्नुपर्ने अवस्था आएको गुनासो गरेको बताइएको छ।

इँटा उद्योगले प्रतिमहिना ३० हजार दिने जनाए पनि २० हजार रुपैयाँ मात्र बचत हुने वैदेशिक रोजगारीका लागि विदेश नै जाने प्रवृत्ति बढ्दो छ।


Photo

नयाँ मिडिया डट कम एक्टिभ प्रेस प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published.

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


सञ्चालक
एक्टिभ प्रेस प्रा.लि.

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

nayamedia.com@gmail.com

© 2016 - 2025 Active Press Pvt.Ltd. All Rights Reserved.