Naya Media
शुक्रबार, बैशाख ४, २०८३
| | April 17, 2026
शुक्रबार, बैशाख ४, २०८३

नेपालको प्रवर्द्धन गर्ने मन्त्री अधिकारीको सपना अधुरै, कार्यक्रमका लागी अहिले जर्मनी उडि सकेका हुन्थे

User Photo बिहिबार, फाल्गुन १६, २०७५

संस्कृति पर्यटन नागरिक तथा उड्डयनमन्त्री रवीन्द्र अधिकारी बिहीबार बिहान जर्मनी जाने कार्यक्रम तय भएको थियो । यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा छ ।

संयुक्त राष्ट्र संघको विश्व पर्यटन संगठनको आयोजना शनिबारदेखि मंगलबारसम्म हुने कार्यक्रममा जाने निर्धारित कार्यक्रम मन्त्री अधिकारीको थियो । ‘युरो एसिया माउन्टेन कन्क्लेभ’ नाम लिएको कार्यक्रममा भाग लिएर नेपालको प्रवर्द्धन गर्ने मन्त्री अधिकारीको सपना अधुरै रहेको छ ।

मन्त्री अधिकारी स्वकीय सचिव दीपक थापा र पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत (सीईओ) दीपकराज जोशीसँगै बिहीबार बिहान ८:५० बजे कतार एयरवेजमार्फत् कार्यक्रममा जाने निश्चित भएको थियो ।

जर्मनीको म्युनिख एयरपोर्टले नेपालमा विमानस्थल निर्माणमा चासो देखाएकाले सो विमानस्थलको व्यवस्थापन अध्ययनसहितको विषयमा जानकारी लिन मन्त्री अधिकारी त्यहा जान लागेका थिए । अधिकारी शनिबार र आइतबार जर्मनीको कार्यक्रममा सहभागी हुने पूर्बनिर्धारित कार्यक्रम थियो ।

उक्त कार्यक्रममा नेपाल भ्रमण वर्ष २०२० लाई प्रवद्र्धन गर्ने, नेपालको पर्वतीय पर्यटनमा भएको नकारात्मक विषयलाई चिर्न सकारात्मक सन्देश दिने खालको प्रवद्र्धन गर्ने र नेपाललाई हिमालयन डेस्टिनेशनको रूपमा प्रवर्द्धन गर्ने तयारी थियो ।


Photo

नयाँ मिडिया डट कम नोवस मिडिया ग्रुप प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.