Naya Media
सोमवार, माघ २६, २०८२
| | February 9, 2026
सोमवार, माघ २६, २०८२

भोली शुक्रबार यती र तारा एयरलाइन्सका सम्पूर्ण उडानहरु बन्द हुने

User Photo बिहिबार, फाल्गुन १६, २०७५

काठमाडाैं । यती र तारा एयरलाइन्सका सम्पूर्ण उडानहरु भोली शुक्रबारलाई स्थगित गरिएका छन्। एयरलाइन्सले आफ्ना प्रबन्ध निर्देशकको दुखद मृत्यु भएको शोकमा शुक्रबारका सम्पूर्ण उडानहरु स्थगित गर्ने निर्णय गरेको हो। यसबाट यात्रुहरुमा पर्नजाने असुविधाप्रति कम्पनीले क्षमायाचनासमेत गरेको छ।

बुधबार काठमाडौँबाट तेह्रथुमको चुहानडाँडामा विमानस्थलको सम्भाव्यता अध्ययनका लागि मन्त्री अधिकारीसहितको टोली कार्यक्रम सकेर पाथीभराको दर्शन गरेर काठमाडौँ फर्किने क्रममा बुधबार ताप्लेजुङको दारेभीरमा दुर्घटनामा परेको थियो।

हेलिकोप्टर दुर्घटनामा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री अधिकारीसहित नागरिक उड्डयन प्राधिकरणका उपमहानिर्देशक वीरेन्द्र श्रेष्ठ, उपसचिव युवराज दाहाल, पर्यटन व्यवसायी तथा यती एयरलाइन्सका अध्यक्ष आङछिरिङ शेर्पा, नागरिक उड्डयन प्राधिकरणका निर्देशक ध्रुव भोछिभोया, पाइलट प्रभाकर केसी र मन्त्री अधिकारीका अंगरक्षक घिमिरको निधन भएको थियो।


Photo

नयाँ मिडिया डट कम नोवस मिडिया ग्रुप प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.