Naya Media
आइतवार, फाल्गुन ३, २०८२
| | February 15, 2026
आइतवार, फाल्गुन ३, २०८२

विद्यार्थि फर्म भर्न दाैडधुप गरिरहेका बेला आयाे यस्ताे खबर, कोरियाले १० हजार ५० लैजाने भनेकाे होइन

User Photo बिहिबार, चैत्र ७, २०७५

वैदेशिक रोजगार विभाग अन्तर्गतको ईपीएस कोरिया शाखाले सन् २०१९ को कोरियन भाषा परीक्षाबाट उत्तीर्ण भएर कोरिया जान पाउने नेपालीको सङ्ख्यामा नझुक्किन आग्रह गरेको छ ।

यो वर्ष कोरियाले १० हजार ५० जना नेपाली कामदार लाने भनेर आइरहेका कुरा सत्य नभएको भन्दै ईपीएस कोरिया शाखाले यो सङ्ख्या पहिलो चरणको भाषा परीक्षाबाट उत्तीर्ण हुनेको सङ्ख्या मात्रै भएको स्पष्ट पारेको छ ।

शाखाका सूचना अधिकारी शोभाकर भण्डारीले उज्यालोलाई भन्नुभयो, ‘१० हजार ५० जना भनेको कोरिया जान पाउने सङ्ख्या होइन, यो पहिलो चरणको भाषा परीक्षाबाट उत्तीर्ण हुने सङ्ख्या मात्रै हो ।’

यसअघि भाषा परीक्षाबाट उत्तीर्णहरु जान पाउने भए पनि यो वर्षबाट भाषा परीक्षासँगै सीप परीक्षणमा पनि उत्तीर्ण हुनुपर्नेछ । सीप परीक्षणमा उत्तीर्ण नहुने व्यक्ति कोरिया जान नपाउने पनि शाखाले स्पष्ट पारेको छ ।

सीप परीक्षणमा कामसँग सम्बन्धित सीपको परीक्षण हुने भए पनि त्यस विषयको जानकारी भाषा परीषाको नतिजासँगै गराइने शाखाले जनाएको छ । सन् २००८ देखि कोरियन भाषा परीक्षामा सीप परीक्षण गरिँदै आए पनि त्यसलाई नतिजामा जोडिएको थिएन ।

सन् २०१७ र १८ मा सीप परीक्षण गरिएको थिएन । तर यो वर्षदेखि सीप परीक्षणलाई अनिवार्य गरिएको हो ।

प्रश्नको सङ्ख्या घट्यो

यस अघि २५ वटा पढेर उत्तर दिने र २५ वटा सुनेर उत्तर दिने गरी ५० वटा प्रश्न हुने गरेकोमा यो वर्ष पढ्ने र सुन्ने प्रश्नको सङ्ख्या घटाएर २०/२० वटा बनाइएको छ । परीक्षामा उत्पादनमूलक क्षेत्र तर्फ ४७ दशमलव ५ वा त्योभन्दा धेरै र कृषि तर्फ ३६ अंक ल्याउनेहरुमध्ये धेरै उच्च अंक ल्याउनेहरुबाट छनौट गरिने छ ।

यो वर्ष पहिलो चरणको भाषा परीक्षाबाट उत्पादनमूलक क्षेत्र तर्फ ७ हजार ५० र कृषि तर्फ ३ हजार परिक्षार्थी छनौट हुनेछन् । भाषा परीक्षाबाट उत्तीर्ण १० हजार ५० जनाको सीप र क्षमता परीक्षण गरिनेछ ।

त्यसमा उत्तीर्ण भएका व्यक्ति मात्रै रोजगारीका लागि कोरिया जान पाउने ईपिएस कोरिया शाखाले जनाएको छ । सीप र अनुभव परीक्षणमा सम्बन्धित कामको अनुभव, तालिम, शैक्षिक पृष्ठभूमी र प्रमाणपत्रलाई आधार मानिने शाखाले जारी गरेको सूचनामा उल्लेख छ ।

‘उदाहरणका लागि उत्पादनमूलक क्षेत्रमा जाने व्यक्तिलाई १० नम्बरको पेन्चीस ल्याउनु भन्दा उसले भाषा बुझेर त्यो ल्याउन सक्छ कि सक्दैन भनेर हेर्ने होला ।’ शाखाका सूचना अधिकारी शोभाकर भण्डारीले भन्नुभयो, ‘अनि नट बोल्ट कस्न लगाउँदा जान्दछ कि जान्दैन भनेर हेर्ने होला । उसको कामसँग सम्बन्धित यस्तै सीपको परीक्षण गरिन्छ ।’

परीक्षाको फारम भोलिदेखि खुल्ने

परीक्षाको फारम भोलि शुक्रबारदेखि खुल्ने भएको छ । शुक्रबारदेखि खुल्ने फारम चैत १७ गतेसम्म भर्न सकिने ईपिएस कोरिया शाखाले जनाएको छ । यस पटक अनलाइनबाटै भर्न सकिने व्यवस्था गरिएको परीक्षाको फारम १८ वर्षदेखि ३९ वर्षसम्मका व्यक्तिले भर्न सक्नेछन् ।

eoers.epsnepal.gov.np मा गएर अनलाइनबाटै फारम भर्न सकिनेछ । परीक्षा दिन जाँदा फारम भरेपछि परिक्षार्थीको इमेलमा आउने प्रवेशपत्रको रंगीन प्रिन्ट र सक्कल एमआरपी अनिवार्य रुपमा लानुपर्छ । २०७६ जेठ २५ र २६ गते सञ्चालन हुने परीक्षाको नतिजा असार १३ गते प्रकाशित हुनेछ ।


Photo

नयाँ मिडिया डट कम नोवस मिडिया ग्रुप प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.