काठमाडौं । नेत्रविक्रम चन्द नेतृत्वको प्रतिबन्धित विप्लव समूहले आह्वान गरेको चैत १६ गतेको बन्द फिर्ता लिएको छ ।
प्रवेशिका परीक्षालाई असर गर्ने कारण देखाउँदै समूहले बन्द फिर्ता लिएको घोषणा गरेको हो ।
विप्लव समूहका नेता गुणराज लोहनीले बन्द फिर्ता लिएको पुष्टि गरे । उनले एसईई परीक्षा परेको जानकारी पाएपछि बन्द फिर्ता गरिएको जानकारी दिए ।
एसईई परीक्षा र नेपाल बार एशोसिएशनको चुनावलाई लक्षित गरी बन्द फिर्ता गरिएको उनको भनाइ छ ।
यसअघि राष्ट्रिय मानवअधिकार आयोगले विज्ञप्ति जारी गरी एसईईको समयमा बन्द हड्तालको कार्यक्रम नगर्न विप्लव समूहलाई आग्रह गरेको थियव ।
सरकारले घोषणा गरेको लगानी सम्मेलन पनि १५ र १६ चैतमा हुँदैछ ।
प्रतिक्रिया
बिक्री गर्न तयार भएकाे लाखाैकाे खरबुजा अज्ञात व्यक्ति द्वारा बारीमै काटेर नष्टप्रतिक्रिया
अलपत्र परेकालाई गन्तव्यसम्म पुर्याइदिने कर्णाली प्रदेशकाे निर्णयप्रतिक्रिया
२१ पदक जित्दै छैटाै सगरमाथा अन्तराष्ट्रिय कराते प्रतियाेगितामा नक्साल डाेजाे बन्याे च्याम्पियनप्रतिक्रिया
पालैपालो यौनसम्पर्कपछि हत्या, मोबाइल ‘अन’ भएपछि पत्ता लाग्यो हत्याराप्रतिक्रिया
कोरोना संक्रमण बढ्दै गएपछि कोरिया जाने कामदार पठाउन बन्द