काठमाडौं । ओखलढुंगाको मानेभञ्ज्याङ गाउँपालिका- ६ स्थित डडुवाडाँडामा जीप दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ । तीनजना घाइते भएका छन् ।
मृतक मध्ये चार पुरुष र दुई महिला छन् । दुर्घटनामा मृत्यु हुनेमा ताप्लेजुङको ओलाङचुनगोलाका ५५ वर्षका मिङ्मा शेर्पा, ताप्लेजुङको फत्तालुङका ४५ वर्षका साम्गेल शेर्पा, काठमाडौं बौद्धका ४० वर्षका ङवाङ सेर्तुङ शेर्पा, सोही ठाँउका ३५ वर्षीय नोर्बु शेर्पा, वाङदा शेर्पा र डोमा शेर्पाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका प्रहरी निरीक्षक राजिव श्रेष्ठले जानकारी दिए ।
सोलुखुम्बुको जुनबेशी गुम्बाबाट पुजापाठ गरेर काठमाडौं फर्कदै गरेको बा १६ च २२०७ नम्बरको जीप दुर्घटना भएके हो । जीप सडकबाट करिब २ सय मिटर तल खसेको थियो । दुर्घटनामा चालक कृष्ण श्रेष्ठसहित तीन जना गम्भीर घाइते भएका छन् । घाइतेको उदयपुरको घुर्मीमा उपचार सम्भव नभएपछि थप उपचारका लागि काठमाडौं पठाइएको छ ।
