Naya Media
शुक्रबार, बैशाख ११, २०८३
| | April 24, 2026
शुक्रबार, बैशाख ११, २०८३

मुलुकलाई द्वन्द्वमा फसाइराख्ने खेलमा नलाग्न पत्रकारलाई प्रधानमन्त्रीकाे चेतावनी

User Photo आइतवार, चैत्र १७, २०७५

प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकलाई द्वन्द्वमा फसाइराख्ने खेलमा नलाग्न पत्रकारलाई सचेत गराएका छन् । आइतबार विराटनगर विमानस्थलमा पत्रकारसँग कुरा गर्दै उनले पत्रकारले अदालत र सरकार तथा प्रदेश सरकार र केन्द्र सरकारबीच द्वन्द्व गराउन खोजेको आरोप लगाएका हुन् ।

विप्लव समूहका कार्यकर्तालाई प्रहरीले पक्राउ गर्ने, अदालतबाट धमाधम छुट्ने भइरहेको छ नि भनी पत्रकारले सोधेको प्रश्नको जवाफमा उनले भने ‘के तपाईंहरु मुलुकलाई सधै द्वन्द्वमा नै फसाई राख्ने ? तपाईहरुको सधै भूमिका त्यही हो ? अदालत र सरकारबीचमा झगडा लाउने, प्रदेश सरकार र केन्द्र सरकार बीचमा झगडा लाउने ?’

प्रधानमन्त्री ओलीले पत्रकारलाई रचनात्मक भूमिका निर्वाह गर्न सुझावसमेत दिए । उनले अदालतले आफनो ढंगबाट काम गर्ने सरकारले आफनो ढंगबाट काम गर्ने बताए । ‘अदालतले पुरै प्रमाण नपुगे छाड्ने, त्यो कानुनी कुरा हो, सरकारले राजनीति नीति, कानून बमोजिम र संविधानबमोजिम काम गर्ने हो, तर थुन्ने छोड्ने कुरा अदालतको दृष्टिमा केही पुगेन भने छोडी दिन्छ ।’ उनले अदालत र सरकारबीचको अन्तरविरोध नदेखाउन आग्रह गरे ।

उनले अदालत स्वतन्त्र रहने र त्यो शक्ति पृथकीकरणको सिद्धान्त राज्य चलेको भन्दै सञ्चालन अदालत र सरकार एउटै नभएको पनि बताए ।

प्रधानमन्त्री ओलीले राजधानी काडमाडौंमा दुई दिनसम्म चलेकोे लगानी सम्मेलन पूर्ण सफल भएको बताए । सम्मेलनबाट विश्व बैंकसहित विभिन्न विदेशी राष्ट्रहरुबाट लगानीको प्रतिबद्धता आएको पनि उनले बताए । तर मुलुक विकासको गतिमा अघि बढेको हेर्न नचाहनेहरुले भने सम्मेलनबारे अनर्गल प्रचार गरिरहेको आरोप लगाए ।
प्रधानमन्त्री ओलीले लगानी सम्मेलनसम्मको समयलाई आधार बर्षकोरुपमा लिएको बताउदै त्यसपछि विकास वर्ष सुरु हुने बताए ।

कांग्रेसले भाग खोज्यो

अर्को प्रसंगमा प्रधानमन्त्री ओलीले प्रतिपक्ष नेपाली कांग्रेसले संवैधानिक नियुक्तिहरुमा भागवन्डा खोजेको आरोप लगाए । उनले सरकार भाग नदिएका कारण कांग्रेस सरकारमाथि खनिएको पनि दावी गरे ।

उनले भने ‘औचित्य र गुण दोषको आधारण मान्छेलाई जिम्मेवारी दिनुपर्छ, भागबन्डा गर्नुहुँदैन भन्नेमा म छु’ उनले भने ।

सरकारले निर्वाचन आयोगका प्रमु्ख आयुक्तमा सिफारिस गरिएका दिनेश थपलिया पनि आफनो पार्टीको नभएको बताए । कांग्रेसका कारण नै सरकारले गर्ने संवैधानिक अंगहरुमा गरिने नियुक्तिमा अहिले पनि सरकारले प्रयाप्त ठाँउहरु छाडेको जानकारी दिए ।


Photo

नयाँ मिडिया डट कम नोवस मिडिया ग्रुप प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.