Naya Media
सोमवार, जेष्ठ ११, २०८३
| | May 25, 2026
सोमवार, जेष्ठ ११, २०८३

अझै मेघगर्जन र चट्याङसहित वर्षा हुने: मौसम पूर्वानुमान महाशाखा

User Photo शनिबार, चैत्र २३, २०७५

जल तथा मौसम पूर्वानुमान महाशाखाले मुलुकका धेरै स्थानमा अझै मेघगर्जन र चट्याङसहित वर्षा हुने प्रक्षेपण गरेको छ । काठमाडौंसहित मुलुकका धेरै भागमा बिहानैदेखि हावाहुरी र चट्याङसहितको वर्षा जारी छ ।

महाशाखाले शनिबार विशेष बुलेटिन सार्वजनिक गर्दै मुलुकको पूर्वी र मध्यका अधिकांश भू-भागमा सामान्यदेखि पूर्ण बदली तथा पश्चिम भू-भागहरुमा आंशिकदेखि सामान्य बदलीको अवस्था रहेकाले सचेत हुन भनेको छ।

‘मध्य तथा पश्चिमको केही भूभागमा विकसित मौसमी प्रणालीका कारण उपत्यकालगायत देशका धेरैजसो स्थानहरुमा मेघ गर्जन तथा चट्टयाङसहित वर्षाले निरन्तरता पाउने देखिएको छ’ महाशाखाले बुलेटिनमा भनेको छ।

मौसमविद्हरुका अनुसार केही दिनयता प्रि मनसुन (मनसुन सुरु हुनुअघिको वर्ष) सक्रिय भएको छ। चैतदेखि जेठसम्मको वर्षालाई प्रि मनसुन भनिन्छ। यसअवधिमा मेघ गर्जनसहित हावाहुरी, बतास, चट्याङसहितको वर्षा हुन्छ।


Photo

नयाँ मिडिया डट कम नोवस मिडिया ग्रुप प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.