कैलालीको बर्दगोरिया गाउपालिका २ कुम्भियाकी ब्लड क्यान्सर पीडित मिना बमलाई युथ लिडरसिप कर्नरले संकलित बीस हजार रकम हस्तान्तरण गरेकाे छ ।
बिगत २ बर्ष देखि क्यान्सर पीडित बमलाई आज उनकै घरमा गएर रकम हस्तान्तरण गरिएको युथ लिडरसिप कर्नर लम्किका संयोजक कृष्ण बटालाले जानकारी दिनु भयो ।
जिन्दगीमा केही गर्ने सोच भएकी मिना ब्लड क्यान्सर रोग लागेपछी थला परेकी छ्न । १९ बर्षिया मिनाको उपचार गर्दा गर्दै भएको खेत वारि समेत परिवारले बेचिसकको छ्न । आर्थिक अबस्था कमजोर भएपछि उपचार गर्नकै लागि ५ कट्ठा जग्गा बेच्दा पनि उपचार हुन नसकेपछि परिवार ठूलो समस्या छ ।
आर्थिक अबस्था कमजोर भएपछी मिनाका बुवा र भाइ भारतमा पैसा कमाउन गएका छ्न मिना अहिले आमासङ्ग माईतमा बस्दै आएकी छिन ।
घरपरिवार ले मिनाको उपचार गर्न नेपालगन्ज काठमाडौ र भारतको लखनौ लगेपछि भारतमा ब्लड क्यान्सर लागेको पत्ता लागेको हो । कक्षा १० पढदा पढदै कैलालीको जोसिपुर गाउपालिका सिम्राना गाउमा बिबाह भएको थियो मिना लाई ब्लड क्यान्सर भएको थाहा पाएपछि उनका श्रीमानले छोडेपछि मिना अहिले झन समस्यामा छिन ।
दिन दिनै अबस्था बिग्रेका कारण मिनाले सहयोग को याचन गरेकी छिन । सहयोग गर्न चाहाने ले ९८१२६९३५५३ मा सम्पर्क गरिदिन आग्रह गरेकी छिन ।

