राजधानीमा शुक्रबार दिउँसो भूकम्पको धक्का महसुस गरिएकाे छ । करीब २ बजेर ८ मिनेट जाँदा काठमाडौँमा भूकम्पको धक्का महसुस भएको हो ।
धादिङलाई केन्द्रबिन्दु बनाएर ५ रेक्टर स्केलको भूकम्प गएको भूकम्प मापन केन्द्रले जानकारी दिएकाे छ । भूकम्पको धक्का काठमाडौं लगायतका जिल्लामा महशुस गरिएको छ ।
यो भूकम्प २०७२ सालमा गएको शक्तिशाली भूकम्पको परकम्प रहेको भूकम्प मापन केन्द्रका भूकम्पविद भरत कोइरालाले जानकारी दिए ।यसअघि पनि वैशाख २९ गते दैलेखमा ५.१ रेक्टर स्केलको भूकम्प गएको थियो ।
