सरकारद्धारा प्रतिबन्धित नेपाल कम्युनिस्ट पार्टीले आफ्ना कार्यकर्ता हत्याको विरोधमा नेपाल बन्द सहितका कार्यक्रम घोषणा गरेको छ । सो पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले पार्टी निकट युवा संगठनका नेता तीर्थराज घिमिरेलाई प्रहरीले गिरफ्तार गरी हत्या गरेपछि बुधबार एक विज्ञप्तिमार्फत जेठ १३ गते नेपाल बन्दसहितको चरणबद्ध संघर्षका कार्यक्रमहरु घोषणा गरेका छन् ।
सांगठनिक कामको सिलसिलामा गत मंगलबार भोजपुर र खोटाङको सीमानामा पर्ने मैयुमको धोत्रेमा युवा संगठनका नेता राजुलाई सरकारको ठाडो आदेशमा सुरक्षा फौजले पक्राउ गरी यातना दिई दोहोरो भीडन्तको नाममा हत्या गरेको नेकपाको दाबी छ ।

