Naya Media
शनिबार, बैशाख १२, २०८३
| | April 25, 2026
शनिबार, बैशाख १२, २०८३

कैलालीमा बाघ आतांक, त्रासमय बन्दै गाउँ

एक हप्तामा किसानका ३० बाख्रा भए बाघका सिकार

User Photo आइतवार, जेष्ठ १२, २०७६
कैलाली ।

कैलालीको मोहन्याल गाउँपालिका- ७ मा बाघले आतांक मच्चाउन थालेपछि स्थानीय त्रसित भएका छन । वडा नं ७ का ज्योतीनगर, माल्चाना, चनौटे, कोसेनी लगायतका ठाँउमा स्थानियका करिब ३० वटा बाख्रा मारेको छ ।

स्थानीय लोकेन्द्र बहादुर शाहीले दिएको जानकारी अनुसार गएको १० दिनको अवधिमा उक्त संख्यामा बाघले बाख्रा मारे पछि स्थानीय त्रसित भएका हुन । शनिवार दिउँसो मन बहादुर शाहिका ६ वटा बाख्रा एउटा कुकुर, शनिवार राती नै ज्योतीनगरका स्थानीय राम बहादुर शाहिका ३ वटा बाख्रा, माल्चानाका स्थानीय बालाराम जोशीको एउटा बाख्रा, एक हप्ता अगाडी बिष्णु बहादुर शाहिका २ वटा बाख्रा र भरत जोशीका २ वटा गोरु र एउटा बाच्छो बाघले मारेको छ ।

यस्तै माल्चानाका खकेन्द्र देवकोटाको एउटा बाख्रा, घट्टेमा एक स्थानीयका २ वटा बाख्रा, चनौटेका स्थानिय रण बहादुर शाहिका गएको ७ दिनमा १६ वटा बाख्रा मारेको छ । एक हप्ता अगाडी भागिरथ जैशिका २ वटा बाख्रा मारेको छ । गए रातीनै जनक देवकोटाको एउटा बाच्छो मारेको बताइएको छ ।

यतीका क्षती भइसक्दा सम्म कुनै पनि निकायले चासाे नै नदेखाएकाे स्थानिय किशानकाे गुनासाे छ । वडा अध्यक्ष खर प्रसाद अधिकारीले बाघ नियन्त्रणमा लिन प्रसाशन संग मिलेर पहल गर्ने बताउनु भएकाे छ ।


Photo

नयाँ मिडिया डट कम नोवस मिडिया ग्रुप प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.