Naya Media
मङ्लबार, बैशाख १५, २०८३
| | April 28, 2026
मङ्लबार, बैशाख १५, २०८३

अमलाले दिन्छ नयाँ जिन्दगी, यि हुन अमलाका १३ फाईदा

User Photo शनिबार, जेष्ठ १८, २०७६
काठमाण्डाै ।

अमला फलबारे थाहा नहुने कमै होलान्। यो फल अनेक रोगका लागि औषधि मात्र होइन यसले रोगसित लड्ने प्रतिरोधक क्षमताको समेत विकास गर्छ। यसको प्रयोग गर्नेहरूमा ताजगी अनुभव हुन्छ।

अमलाले खाना पचाउन, पेटमा एसिडको मात्रा सन्तुलित राख्न, कलेजो सफा राख्न र मस्तिष्कलाई स्फूर्ति राख्न पनि उत्तिकै सहयोग गर्छ। यसले फोक्सो, प्रजननशक्ति वृद्धि गर्न, पिसाबलाई सुचारु राख्न, छालाको गुणस्तर बढाउन, स्वस्थ कपाल राख्न, आँखाको दृष्टि बढाउन र मांसपेशीलाई स्वस्थ राख्न पनि मद्दत गर्छ।

यसलाई अचार, सलादआदिको रूपमा सिधै प्रयोग गर्ने चलन पनि छ। हामीले पोषणयुक्त मान्दै आएको च्यवनप्रास, त्रिफलाजस्ता आयुर्वेदिक औषधिमा पनि अमला नै राखिएको हुन्छ। जुन स्वास्थ्यमा तागत प्रदान गर्ने उद्देश्यले प्रयोग गर्ने चलन छ। अमला धुलोको रूपमा चिया, जुस, मसला र ट्याबलेटको रूपमा पनि बजारमा पाइन्छ।

अमलामा हुने पोषण

अमलामा भिटानि सी र ए पाइन्छ। साथै यसमा फोलिक एसिड, खनिज, क्याल्सियम, पोटासियम, फोस्फोरस, आइरन, म्याग्नेसियम, आइरन क्यारोटेटन र कम क्यालोरीजस्ता पोषणतत्व पाइन्छ। १ सय ग्राम फलमा केवल ४४ ग्राम क्यालोरी हुन्छ। ताजा अमलामा ८० प्रतिशत पानीको मात्रा हुन्छ। यसको अलावा प्रोटिन, खनिज, कार्बोहाइडेट र फाइबर हुन्छ।

प्रतिरोधात्मक क्षमता वृद्धि गर्छ

अमलामा हुने भिटामिन सी, भिटामिन ए, पोलिफोनल्स, अल्कालोइड्स, फ्लाभोनोइड्स, क्विरिसर्टिन र कैयमाफेरोल तत्वले प्राकृतिक रूपमै शरीरमा प्रतिरोधात्मक क्षमताको विकास गर्छन्। एक अध्ययनअनुसार अन्तर्राष्ट्रिय जर्नल अफ फार्मासिटिक्सले अमलामा कीटाणुसित लड्ने र एन्टिइन्फ्लामेटोरी (घाउ नहुने) तत्व हुन्छ। आयुर्वेदिक उपचारमा रगतमा सेता रक्तकोषिका वृद्धि गर्नका लागि पनि प्रयोग गरिन्छ। जुन कोषले शरीरमा प्रतिरोधात्मक क्षमता वृद्धि गर्छन्। सेतो रक्तकोषिकाले बाहिरी विषाक्त तत्वलाई आक्रमण गरी शरीरमा राम्रो रक्तकोष निर्माण गर्छ।

मधुमेह निन्यन्त्रण गर्छ

अमलामा हुने क्रोमियम, जसले मधुमेहलाई घटाउने काम गर्छ । यसले छुट्टै रहेका रगतका कोषलाई घटाएर रगतमा चिनीको मात्रा घटाउँछ। जब रगतमा चिनी घट्छ, कोषले ग्लुकोजलाई क्रियाशील बनाउँछ। यसले मेटावोलिजम बलियो हुन्छ। क्रोमियमले रगतमा हुने अवरोध हटाउँछ र मुटु स्वस्थ राख्छ। यसले शरीरमा हुने खराब बोसो कोलस्ट्रोल पनि हटाउँछ।

पाचनप्रणालीमा एसिड हटाउँछ

अमलामा हुने पर्याप्त फाइबरको मात्राले नियमित दिसा गराउन मद्दत गर्छ र पाचनप्रणालीलाई नियमित राख्छ। यसको कारण कब्जियतको समस्या पनि स्वतः हटेर जान्छ। अमलामा हुने सोलुवल फाइबरले दिसा पातलो हुन रोक्छ र पखाला लाग्न दिँदैन। अमलाले खाना पचाउन रस उत्पादन गर्छ र पेटमा एसिडको मात्रा बढ्न दिँदैन।

सन् २०१४ मा भएको एक अध्ययनले अमलाको धुलो पानीमा राखेर खानाले कब्जियत हटाउनुका साथै विभिन्न ग्यास्ट्रिकका समस्या पनि निर्मूल पार्छ। यसको उपायोगिता कोलोरेक्ट्रल (ठूलो आन्द्रा) क्यान्सरमा पनि छ।

मुटुरोगमा नियन्त्रण गर्छ

अमला मुटुरोगका लागि अत्यन्त फाइदाजनक रहेको प्रमाणित भइसकेको छ। अमलाको धुलोले मुटुको कोषलाई बलियो बनाउँछ र शरीरमा प्रभावकारी रूपमा रक्तसञ्चार हुन्छ। अमलामा हुने क्रोमियमले मुटुको धमनी र सिरामा हुनसक्ने अवरोध हटाउँछ। साथै यसले हृदयघात र मस्तिष्कघातको जोखिम हटाउँछ। अमलामा हुने आइरनको मात्राले नयाँ रक्तकोष निर्माणमा सहयोग गर्छ। यसले शरीरका अन्य अंगमा रक्तसञ्चार र अक्सिजन प्रवाह गरी शरीरका कोषलाई स्वस्थ राख्छ।

पानीको रूपमा काम गर्छ

यो फलमा पर्याप्त पानीको मात्रा हुन्छ। यसले गर्दा पिसाबको मात्रा वृद्धि गर्छ। पिसाबबाट हाम्रो शरीरमा रहेको अनावश्यक विषादी बाहिर निकाली शरीरमा आवश्यक पानी, नुन र युरिकएसिडको मात्रालाई सन्तुलनमा राख्छ। यसकारण अमलामा रहेको पानीको प्रतिस्थापन तत्वले आफ्नो मिर्गौला स्वस्थ राख्न र पिसाबको संक्रमण रोक्न मद्दत गर्छ।

कपालको हेरचाह

अमलालाई परम्परागत रूपमै कपालका लागि भिटामिन मानिन्छ। यसले कपाल बढाउने र झर्नबाट जोगाउँछ। यसले कपालको जरा बलियो बनाउँछ र कपालको रंगमा कालोपना पनि ल्याउँछ। अमलाको तेल प्रयोग गर्नाले कपालमा चमक आउनुका साथै कपाल लामो पनि बन्छ।

सधैं जवान राख्छ

अमलामा हुने एन्टिअक्सिडेन्ट गुणले हाइपरलिपिडमियाँ शरीरमा रहेका अनावश्यक रेडिकक्लस हटाउँछ। भिटामिन सी र एन्टिअक्सिडेन्टले चाउरीपना र दाग हटाउँछ।

आँखाको हेरचाहमा अमला

नियमित रूपमा अमलाको जुस पिउँदा भिटामिन ए मिल्छ। यसलाई थोरै महसित मिलाएर सेवन गर्दा अझै प्रभावकारी हुन्छ। अमलाले आँखाभित्र रहेको दृष्टिदोषमा सुधार ल्याउँछ। यसमा हुने क्यारोटिन नामक पदार्थको मात्राले दृष्टि क्षमतामा वृद्धि गर्छ। नष्ट भएका आँखाका कोषलाई अमलामा रहेको भिटामिन ए र क्यारोटिनले दृष्टि क्षमतामा वृद्धि गर्छन्। यसका साथै रतन्धोबाट पनि बचाउँछ।

कलेजो स्वस्थ राख्छ

अमलाको सेवनले कलेजोलाई स्वस्थ राख्न मद्दत पु¥याउँछ। अमलाको जुसले कलेजोलाई शक्तिशाली बनाउँछ। सन् २०१३ मा गरिएको एक अध्ययनअनुसार अमलाले शरीरमा भएको बिषाक्त पदार्थ बाहिर निकाल्न औषधिको रूपमा काम गर्छ। अमलामा रहेको फिटोकेमिकल्स, क्युरिक्टिन, ग्यालिक एसिड, कोरिलाजिन र एलाजिक एसिडले शरीरमा विषाक्त पदार्थ निकाल्न सहयोग गर्छ।

क्यान्सरविरुद्ध अमला

एक अनुसन्धानअनुसार अमलाले पाठेघरको मुख र अन्डकोषको क्यान्सरविरुद्ध विषको काम गर्छ। जसले गर्दा ती भागमा क्यान्सरका सेल विकसित हुन पाउँदैनन्। यसमा क्यान्सरविरुद्ध लड्ने क्षमता हुन्छ।

महिनावारी सन्तुलित राख्न

यसमा हुने खनिज तथा भिटामिनले महिनावारी गडबडीमा उपचारकै काम गर्छ। नियमित रूपमा अमलाको सेवन गर्नाले महिनावारी सन्तुलित हु्न्छ।

झाडापखालामा उपयोगी

अमलाको धुलोले हैजा तथा झाडापखाला रोक्छ। अन्तर्राष्ट्रिय जर्नल अफ फार्मेसी साइन्समा प्रकाशित भएअनुसार यसले विभिन्न प्रकारका पाचन प्रणालीको समस्यामा पनि महत्वपुर्ण भूमिका खेल्छ। तसर्थ अमलाको सेवन गरी तातिरहेको पेटलाई चिसो पारी झाडापखालामा आराम लिऔं।


Photo

नयाँ मिडिया डट कम नोवस मिडिया ग्रुप प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.