Naya Media
शनिबार, बैशाख १२, २०८३
| | April 25, 2026
शनिबार, बैशाख १२, २०८३

काठमाण्डाैमै उग्र जातिय बिभेद, पानी छोएको निहुँमा विवाद हुदा खुकुरी प्रहार

User Photo आइतवार, जेष्ठ २६, २०७६
काठमाण्डाै ।

‘तल्लो जात’ को भनेर पटकपटक विभेद गरेको आरोप लगाउँदै एक व्यक्तिले छिमेकीलाई खुकुरी प्रहार गरेका छन् । कागेश्वरी मनहरा–७, डाँछीका राजकुमार सार्कीले स्थानीय सुनील नगरकोटीमाथि खुकुरी प्रहार गरेका हुन् ।

महानगरीय अपराध अनुसन्धान महाशाखाका प्रमुख एसएसपी सहकुलबहादुर थापाका अनुसार घटना शनिबार साँझको हो । धाराको पानी छोएको निहुँमा नगरकोटीले विवाद गर्न खोजेपछि राजकुमारले खुकुरी प्रहार गरेको खुलेको जनाइएको छ ।

घटनापछि गम्भीर भाइते भएका नगरकोटीलाई स्थानीयले जोरपाटीको नेपाल मेडिकल कलेजमा उपचारका लागि लगेका थिए । प्रहरीलाई दिएको बयानमा सार्कीले आफ्नो कसुर स्वीकारेका छन्, उनले रीस थाम्न नसकेर छेउमा भेटेको हतियारले प्रहार गरेको बताएका छन् ।

थप अनुसन्धान र कारबाहीका लागि महाशाखाले सार्कीलाई प्रहरी वृत्त, बौद्धको जिम्मा लगाएको छ ।


Photo

नयाँ मिडिया डट कम नोवस मिडिया ग्रुप प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.