कैलालीको लम्कीचुहा नगरपालिकाकाे ट्याक्टरले किचेर एक महिलाकाे मृत्यु भएकाे छ । लम्कीचुहा नगरपालिका- ५ चौरि बस्ने ३५ बर्षीय भुमी भुसालको ट्याक्टरले च्यापेर मृत्यु भएको हाे।
नगरपालिकाको भर्खरै खरिद गरेकाे ट्याक्टरले किचेर भुमि को मुत्यु भएको ईलाका प्रहरी कार्यालय लम्किका प्रमुख सुरेन्द्र प्रसाद जोशिले जानकारी दिनुभयो । चलिरहेको ट्याक्टरमा चढ्न खोज्दा भुषालको मृत्यु भएको उहाले बताउनुभयो ।
ट्याक्टर र चालकलाई ईलाका प्रहरी कार्यालय लम्किले नियन्त्रणमा लिएको छ।

