Naya Media
शनिबार, बैशाख १२, २०८३
| | April 25, 2026
शनिबार, बैशाख १२, २०८३

 शैक्षिक भ्रमण गएका जेभियर्स कलेजका विद्यार्थी मृत भेटिए, आफन्त द्वारा छानविनको माग

User Photo मङ्लबार, असार ३, २०७६
काठमाण्डाै ।

बौद्धको जेभियर्स इन्टरनेश्नल कलेजका एक जना विद्यार्थी मृत भेटिएका छन् । शैक्षिक भ्रमणका क्रममा कुलेखानी गएका वेला ३० जेठदेखि बेपत्ता तेह्रथुमका २४ वर्षीय स्वराम भेटवालको शव भेटिएको हो ।

महानगरीय प्रहरी वृत्त, महाराजगञ्जका डीएसपी फडिन्द्र प्रसाईंले तीन दिनपछि मार्फू नजिकै खोलामा डुबेको अवस्थामा उनको शव भेटिएको बताए । प्रहरीका अनुसार कलेजमा ‘ब्याचलर इन सोसियल वर्क’ पढ्ने भेटवालसहित ६१ जनाको समूह शैक्षिक भ्रमणमा निस्किएको थियो । फर्किने क्रममा केही विद्यार्थी मार्फूमा झरेका थिए ।

‘मार्फूमा ओर्लिएर उनीहरु पौडी खेल्न नदीमा पसेको देखिएको छ’, अनुसन्धान अधिकृत भन्छन्, ‘त्यतिवेलै उनी नदीमा डुबेको हुनसक्ने देखिएको छ ।’ मृतकका आफन्तले कलेज प्रशासनको लापरबाही भएको भन्दै सत्य, तथ्य छानविनको माग गरेका छन् ।

अहिले दुवै पक्षको छलफलपछि भेटवालको त्रिवि शिक्षण अस्पताल, महाराजगञ्जमा पोष्टमार्टम भएको छ ।


Photo

नयाँ मिडिया डट कम नोवस मिडिया ग्रुप प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.