Naya Media
आइतवार, फाल्गुन २४, २०८२
| | March 8, 2026
आइतवार, फाल्गुन २४, २०८२

चार्जमा राखेकाे मोबाइलमा गेम खेल्दा करेन्ट लागेर एक किशाेरकाे मृत्यु

User Photo बिहिबार, साउन १६, २०७६
काठमाण्डाै ।

मोबाइलमा गेम खेल्ने क्रममा करेन्ट लागेर मोरङको लेटाङ नगरपालिकामा बिहीबार बिहान एक बालकको मृत्यु भएको छ। लेटाङ-३ त्रिशूली चोकका पदमबहादुर राईका छोरा १५ वर्षीय शौजन राईको बिहान सवा १ बजेतिर करेन्ट लागेर मृत्यु भएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी राजकुमार खिउजुले बताए।

डीएसपी खिउजुका अनुसार शौजन साथी सुरज राईको घरमा सुत्न गएका थिए। दुवैजना एउटै खाटमा सुतेका थिए। शौजनलाई चार्ज गरिरहेको मोबाइलमा गेम खेल्ने क्रममा करेन्ट लागेको र मृत्यु भएको खिउजुले बताए। चार्ज गर्दै मोबाइलमा गेम खेलिरहेका उनलाई एक्‍कासी करेन्ट लागेको पाइएको उनले बताए।

खिउजुका अनुसार सुरजले खाटको भित्तापट्टी सुतेको साथी एक्‍कासी छट्पटाउन थालेपछि बुवा-आमालाई बोलाएका थिए। चार्जमा रहेको मोबाइलबाट शौजनलाई करेन्ट लागेको थाहा पाएर सुरजले बिजुली समेत बन्द गरिदिएको प्रहरीको भनाइ छ।

करेन्ट लागेका बेला मोबाइल शौजनको हातमै थियो। घटनास्थलमा पुगेको प्रहरीले बन्द अवस्थामा मोबाइल फेला पारेको छ। शौजनको घाँटीमा डढेको छ। प्रहरीले घटनाबारे अनुसन्धान भइरहेको जनाएको छ।

शव पोस्टमार्टमका लागि उर्लाबारीको मंगलबारे अस्पतालमा लगिएको डीएसपी खिउजुले बताए।


Photo

नयाँ मिडिया डट कम नोवस मिडिया ग्रुप प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.