Naya Media
बिहिबार, जेष्ठ १४, २०८३
| | May 28, 2026
बिहिबार, जेष्ठ १४, २०८३

अभिभावकविहीन बालबालिकाकाे जिम्मेवारी राज्यले लिन्छः प्रधानमन्त्री

User Photo आइतवार, भदौ २९, २०७६
काठमाण्डाै ।

प्रधानमन्त्री केपी शर्मा ओलीले देशभित्र रहेका अभिभावकविहीन बालबालिकाकाे जिम्मेवारी राज्यले लिने बताएकाछन । राष्ट्रिय बाल दिवसका अवसरमा एक शुभकामना सन्देश जारी गर्दै ओलीले भने ‘बालबालिकामाथि हुने हिंसा सैह्य छैन’ ।

बालबालिकाले सडकमा जीवन गुजार्नु नपरोस् भन्ने उद्देश्यले सडक बालबालिकाको व्यवस्थापन, बालश्रम निमूर्लन र जोखिमपूर्ण अवस्थामा रहेका बालबालिकाको जीवनमा परिवर्तन गर्न सरकारले विशेष पहल थालेको समेत प्रधानमन्त्रीले बताएका छन ।

‘समृद्ध नेपाल, सुखी नेपाली’ दीर्घकालीन राष्ट्रिय अभिष्ट भएकाले यसलाई हासिल गर्न योग्य, सक्षम, सुशिक्षित, गुणवान नागरिक निर्माणतर्फ लाग्न उनले सबैमा आग्रह गरेका छन् ।

‘आजैदेखि हाम्रा बालबालिकालाई पोषणयुक्त खाना, उचित व्यायाम, स्वस्थ मनोरञ्जन, आवश्यक आरामको अवसर, जीवनपयोगी शिक्षा र सामाजिक सुसंस्कार प्रदान गर्नु हामी सबैको दायित्व हो’, प्रधानमन्त्री ओलीले आफ्नो शुभकामना सन्देशमा भनेका छन् ।

निरक्षरताविरुद्ध अभियान चलाउने क्रममा सरकारले बालअधिकारको पहिलो पाइलाको रूपमा आधारभूत तहको शिक्षा निःशुल्क गरेको बताउँदै उनले पढ्ने अवसरबाट कुनै पनि बालबालिका बञ्चित हुन नपरोस् भन्ने कुरामा सरकार सचेत रहेको बताए ।

‘सरकारले विपन्न परिवारका केही बालबालिकाको शैक्षिक अभिभावकत्वसमेत ग्रहण गरी आगामी दुई वर्षभित्र विद्यालय जाने उमेर समूहका सबै बालबालिकालाई विद्यालय भर्ना गर्ने लक्ष्य निश्चित गरेको छ,’ सन्देशमा भनिएको छ, ‘प्राथमिक तहमा भर्ना भएका जुनसुकै विद्यार्थीले पनि माध्यमिक तहको शिक्षा पूरा गर्ने सुनिश्चितताको लागि लक्षित वर्ग केन्द्रित छात्रवृत्ति, दिवा खाजा र विद्यार्थीमैत्री पाठ्यक्रमको व्यवस्था गर्ने नीति लागू गरिएको छ ।’

संविधानको धारा ३९ ले प्रत्येक बालबालिकालाई परिवार तथा राज्यबाट शिक्षा, स्वास्थ्य, पालनपोषण, उचित स्याहारसहित सर्वाङ्गीण विकासको हक सुनिश्चित गरेको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले बालबालिकाहरू आफैं अधिकार प्रयोग गर्न नसक्ने भएकाले परिवार, समाज र राज्यबाट पहलकदमी लिइनुपर्ने आवश्यकता औंल्याए ।

बालबालिकाको हक, हित र बाल अधिकारको संरक्षण तथा संवद्र्धनका लागि संयुक्त राष्ट्रसङ्घीय बाल अधिकारसम्बन्धी महासन्धिका प्रावधान, राष्ट्रिय एवं अन्तरराष्ट्रिय प्रतिबद्धता कार्यान्वय गर्न सरकार क्रियाशील रहेको उनको भनाइ ।

नेपालले संयुक्त राष्ट्रसंघको बालअधिकार महासन्धिलाई ०४७ भदौ २९ मा अनुमोदन गरेको थियो । त्यसयता हरेक वर्ष भदौ २९ लाई राष्ट्रिय बाल दिवसका रूपमा मनाइँदै आइएको छ ।

यस वर्षको बाल दिवस ‘सुनिश्चित बाल अधिकारः समृद्ध नेपालको आधार’ भन्ने मूल नाराका साथ मनाइँदैछ ।


Photo

नयाँ मिडिया डट कम नोवस मिडिया ग्रुप प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.