Naya Media
बिहिबार, असार ११, २०८३
| | June 24, 2026
बिहिबार, असार ११, २०८३

खुर्सानीले घटाउछ हृदयघातबाट मृत्यु हुने खतरा

हप्ताको चार पटक खुर्सानी खाने मानिसहरुमा हृदयघातबाट मर्ने खतरा ४० प्रतिशत कम

User Photo मङ्लबार, पुस १, २०७६
काठमाण्डाै ।

इटालीमा गरिएको एक नयाँ अनुसन्धानले खुर्सानी खाने मानिसहरुमा हृदयघातबाट मृत्यु हुने खतरा कम हुने देखाएको छ । मानिसहरुले प्राचीनकालदेखि नै खुर्सानीको औषधीय गुणहरुबारे थाहा पाइसकेका छ र वर्षौंदेखि खुर्सानी उपचारमा प्रयोग हुँदै आएको पनि छ । र अहिले आएर अनुसन्धानकर्ताहरुले नियमित रुपमा खुर्सानी खाँदा मुटुका रोग र हृदयघातबाट मर्ने खतरा कम हुने कुरा पत्ता लगाएका छन् ।

खुर्सानी लोकप्रिय परिकारको रुपमा उपयोग गरिँदै आएको इटालीमा गरिएको एक अध्ययनमा २३ हजारजना मानिसहरुमा मर्ने खतराका बारेमा अध्ययन गरिएको थियो । अध्ययन गरिएका ती मानिसहरुमा खुर्सानी खाने नखानेहरु दुवै समावेश थिए ।

उक्त अध्ययनमा सहभागी भएकाहरुको स्वास्थ्य अवस्था र उनीहरुको खानेकुरा खाने आदतका बारेमा आठ वर्षसम्म नियमित अनुगमन गरिएको थियो । त्यस दौरानमा अनुसन्धानकर्ताहरुले के थाहा पाए भने हप्ताको कम्तिमा चार पटक खुर्सानी खाने मानिसहरुमा हृदयघातबाट मर्ने खतरा ४० प्रतिशत कम भएको देखियो । जर्नल अफ अमेरिकन कलेज अफ कार्डियोलोजीमा प्रकाशित सो अध्ययनको रिपोर्टअनुसार हृदयघातबाट मर्नेहरुको संख्या आधाभन्दा बढी थियो ।

‘रमाइलो कुरा के छ भने मृत्युबाट रक्षा गर्ने कुरा ती मानिसहरुले खाने गरेका खानेकुराहरुबाट स्वतन्त्र थिए,’ अध्ययनका मुख लेखक तथा मेडिटेरानियन न्यूरोलोजिकल इन्स्टिच्यूट (न्यूरोमेड)का एमिडेमियोलोजिस्ट मारियालाउरा वोनास्सियो भन्छ ।

‘अर्को शब्दमा भन्दा, जो कोहीले पनि स्वस्थकर मेडिटेरानियन खाना खान सक्छन्, कसैले कम स्वस्थकर खाना पनि खान सक्छन् तर ती सबैमा खुर्सानीको रक्षात्मक असर देखियो,’ उनी थप भन्छिन् ।

उक्त अध्ययनमा मोली–सानी अध्ययनका तथांकहरु प्रयोग गरिएको थियो,जसमा दक्षिण इटालीका मोलीसे क्षेत्रका २५ हजार जना सहभागीहरु थिए ।

न्यूरोमेडका डिपार्टमेन्ट अफ इपिडेमियोलोजी एण्ड प्रिभेन्सनका डाइरेक्टर तथा भारेसका इन्सुब्रिया युनिभर्सिटीका प्रोफेसर लिसिया लाकोभियेल्लोका अनुसार खुर्सानीको यो लाभदायक तत्वहरु इटालीको खाद्य परम्पराबाट हस्तान्तरण हुँदै आएको छ ।

‘पहिले नै चीन र अमेरिकामा थाहा लागिसकेको कुरा, हामीले थाहा पाएका छौं कि क्याप्सिकम प्रजातिका धेरै विरुवाहरु, भिन्न तरिकाले संसारभरि नै खाइने गरेको भए पनि, हामी हाम्रा स्वास्थ्य रक्षा गर्ने तत्व पाउन सक्छौं,’ उनी थप भन्छिन् ।

उक्त अध्ययनमा संलग्न टोलीले अब हाम्रो स्वास्थ्यलाई फाइदा पुुर्याउने खुर्सानीको बायोकेमिकल मेकानिजमका बारेमा अध्ययन गर्ने भएको छ ।

बेलायतको अस्टन मेडिकल कलेजका वरिष्ठ प्रशिक्षक तथा डाइटिसियन डुआने मेल्लोरका अनुसार ‘ उक्त अध्ययन रिपोर्ट रोचक छ तर त्यसले खुर्सानीको खुवाइ र त्यसले स्वास्थ्यलाई दिने फाइदाबीचको सम्बन्धलाई चाहिँ औपाचरिक रुपमा देखाउन सकेको छैन ।’

उक्त अध्ययनमा देखिएको खुर्सानी खानुको फाइदाबारे कुरा गर्दा समग्रमा खानामा खुर्सानीको कसरी प्रयोग गरिएको थियो भन्नेबारेमा पनि उल्लेख गरिनुपथ्र्यो ।

‘यो प्रशंसनीय छ कि तथ्यांकले देखाएअनुसार खुर्सानी खाने मानिसहरुले अन्य जडीबुटी र मसालाहरु पनि प्रयोग गरेका छन् र साथै उनीहरुले सागसब्जी सहित ताजा खानेकुराहरु खाएका छन्,’ मेल्लोर थप भन्छन् ।

‘यद्यपि खानेकुराहरुमा खुर्सानीले स्वाद त थपिदिन्छ, तर यसको प्रत्यक्ष प्रभाव कम नै हुनेगर्छ र यसले स्वस्थकर खानेकुरालाई झनै स्वादिष्ट बनाइदिन्छ ।’

नर्विचका क्वाड्रम इन्स्टिच्यूट वायोसाइन्सका पोषण अध्येता इयान जोनसनले उक्त अध्ययनलाई ‘उच्चस्तरको अवलोकन अध्ययन’ भन्दै यसको ‘भरपर्दो तरिका’लाई प्रशंसा गरेका छन् ।

तर साथसाथै उनले खुर्सानीको रक्षात्मक असरहरुको प्रणाली पहिचान नगरिएको तथा बढी खुर्सानी खाँदा त्यसले स्वास्थ्यसम्बन्धी थप फाइदा पुग्नेबारे वैज्ञानिकहरुले पत्ता लगाएको तर्फ पनि औंलाएका छन् ।


Photo

नयाँ मिडिया डट कम नोवस मिडिया ग्रुप प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.