Naya Media
बिहिबार, असार ११, २०८३
| | June 24, 2026
बिहिबार, असार ११, २०८३

काठमाडौँकाे तापक्रम यस बर्षकै न्युन, झर्याे १ डिग्रीमा

जुम्लामा माइनस ६ दशमलव ४ डिग्री

User Photo बिहिबार, पुस १०, २०७६
काठमाण्डाै ।

काठमाडौँ उपत्यकाको तापक्रम १ डिग्रीमा झरेको छ । मौसम पूर्वानुमान महाशाखाको अनुसार काठमाडौंको तापक्रम यस वर्षकै कम मापन गरिएको छ । यसअघि हिजो (बुधबार) काठमाडौँ उपत्यकाको तापक्रम २ दशमलव ९ डिग्री सेल्सियस रहेको थियो ।

काठमाडौं उपत्यकाको तापक्रम दिनानुदिन घट्ने क्रममा रहेको छ । यसअघि मङ्गलबार भने उपत्यकाको न्यूनतम तापक्रम ३ दशमलव २ डिग्री मापन भएको थियो । मौसमविद् विभूति पोखरेलका अनुसार तापक्रम निरन्तर घट्ने क्रममा रहेको छ । ‘अबको केही दिन तापक्रम घटबढ भइरहनेछ,’ उनले भने ।

मौसमविद् पोखरेलका अनुसार राति बद्ली भए दिउँसो तापक्रम बढ्ने र आकाश खुला भए तापक्रम घट्ने हुन्छ । पश्चिम तराईका जिल्लामा पनि चिसो ह्वात्तै बढेको छ । चिसो बढेसँगै तराईका अधिकांश जिल्लामा हुस्सु र शितलहरले जनजीवन कष्टकर बन्दै गएको छ । चिसोबाट विशेष गरी वृद्धवृद्धा र बालबालिका बढी प्रभाति हुने गरेकाले चिकित्सकले सावधानी अपनाउन सुझाव दिएका छन् ।

मौसम पूर्वानुमान महाशाखाको पछिल्लो विवरणअनुसार आज जुम्लाको न्यूनतम तापक्रम सबैभन्दा कम माइनस ६ दशमलव ४ डिग्री सेल्सियस मापन गरिएको छ । त्यसैगरी दिपालय ४ं.६, पोखरा ७.४ मापन गरिएको छ ।


Photo

नयाँ मिडिया डट कम नोवस मिडिया ग्रुप प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.