Naya Media
बिहिबार, असार ११, २०८३
| | June 24, 2026
बिहिबार, असार ११, २०८३

यस्ता छन्,जाडोमा मानिसलाई सताउने रोग

ब्लड प्रेसर अचानक बढ्ने समस्याले नै हृदयाघात

User Photo सोमवार, पुस १४, २०७६
काठमाण्डाै ।

काठमाडौँ । मौसमका बारेमा मानिसको स्वभाव नै हो, जाडो मौसममा ‘गर्मी नै ठीक’ भन्ने र गर्मी मौसममा ‘बरु जाडो नै ठीक’ भन्ने । मौसम परिवर्तन प्राकृतिक नियम हो । जस्तोसूकै मौसममा आफ्नो शरीरको ख्याल गर्नु र मौसमअनुसार सचेतता अपनाउनु नै बुद्धिमानी हुन्छ ।

यतिबेला चिसो मौसम छ । तराईमा शीतलहरले जनजीवन प्रभावित पारिरहेको छ भने पहाडी क्षेत्रमा घट्दो तापक्रमले दैनिकी कष्टकर बनाइरहेको छ ।

चिकित्सकहरुका अनुसार गर्मीको तुलनामा जाडोमा ब्लड प्रेसर अचानक बढ्छ । ब्लड प्रेसर अचानक बढ्ने समस्याले नै हृदयाघात निम्त्याउने गर्दछ । परिणामस्वरुप केही दिनअघि तन्दूरुस्त देखिएको मानिसको अप्रत्यासित रुपमा निधन पनि हुन सक्छ ।

एशियन इन्स्टिच्युट अफ मेडिकल साइन्स, भारतका चिकित्सक ऋषि गुप्ताका अनुसार डिसेम्बर र जनवरी महिनामा विश्वमै कार्डिएक चिकित्सकहरुले औसतभन्दा निकै बढी बिरामी हेर्नुपर्छ । यो दुई महिनामा मुटु फेल हुने समस्या २५/३० प्रतिशतसम्म बढ्ने उनी बताउँछन् ।

चिकित्सकहरुका अनुसार मुटुसम्बन्धी रोगले पहिला नै सताइसकेका वृद्धवृद्धालाई जाडो मौसममा जोखिम बढ्ने गर्दछ । जाडो मौसममा शरीरलाई गर्मीको जरुरी हुन्छ । शरीरमा गर्मी उत्पन्न गराउन मुटुले बढी काम गर्नुपर्ने हुन्छ, जसले गर्दा हृदयाघातको खतरा हुने चिकित्सकहरुको भनाइ छ ।

मधुमेह
मधुमेहका बिरामीलाई पनि जाडो मौसममा थप चुनौती सामना गर्नुपर्ने हुन्छ । जाडोका कारण पानी कम पिउने, एक प्रकारले जाडोमा मानिसको जीवनशैली नै परिवर्तन हुने भएकाले शरीरमा सुगरको मात्रा बढ्ने चिकित्सकहरुको भनाइ छ । जाडोमा शारीरिक गतिविधि कम हुने, प्रदूषणको मात्रा बढ्ने र खानपिनमा पनि माछा–मासुको उपभोग बढ्ने भएका कारण मधुमेहका रोगीलाई समस्या हुन सक्ने चिकित्सकहरु बताउँछन् ।

जोर्नी दुख्नु
अर्थोपेडिक चिकित्सकहरुका अनुसार चिसो मौसममा जोर्नीसम्बन्धी समस्या पनि बढ्ने गर्दछ । शीतलहर तथा कुहिरोका कारण शरीरले पर्याप्तमात्रामा सूर्यको किरण नपाउनाले नै यस्ता समस्या जाडोमा बढी हुने गर्दछ । जाडोमा शरीरमा ‘भिटामिन डी’को कमी हुन नदिन विशेष सतर्कता अपनाउनु पर्ने चिकित्सकहरु बताउँछन् ।

अन्य रोग
जाडोमा देखा पर्ने अन्य शारीरिक समस्याहरुमा सिँगान बगिरहने, आँशु आइरहने, हाच्छ्युँ आइरहने, पखाला, रुघा जस्ता समस्या पनि हुन् । नियमित ‘मर्निङ वाक’ जाने गर्नु भएको छ भने जाडोको मौसममा सावधानी अपनाउन जरुरी हुन्छ । किनकि मर्निङ वाकबाट हुने फाइदाको तुलनामा जाडोको बेवास्ता गर्दा हुने बेफाइदा झन् बढी हानिकारक हुन सक्छ । यस्तो बेलामा तपाई घरमै बसेर व्यायाम गर्न सक्नुहुन्छ ।

बाहिर निस्कनै पर्ने अवस्थामा टोपी, पञ्जा, मोजालगाएर शरीरको सबैजसो अङ्ग ढाकेर निस्कनुस्, ताकि शरीरको तापक्रम घट्न नपाओस् । धुम्रपान तथा मदिरा सेवन नगर्नुस् । मनतातो पानी पटक–पटक गरी ५–६ गिलास पिउने गर्नु स्वास्थ्यका लागि फाइदाजनक हुन्छ ।

जाडो मौसममा फलफुल तथा विभिन्न प्रकारका सुप खाएर पनि शरीरलाई ‘मेन्टन’ गर्न सकिन्छ । मह सेवनले पनि शरीरको तापक्रम बढाउन मद्दत गर्छ । कार्बोहाइड्रडको मात्रा कम भएको खानेकुरामा ध्यान दिनुपर्छ


Photo

नयाँ मिडिया डट कम नोवस मिडिया ग्रुप प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.