Naya Media
बिहिबार, असार ११, २०८३
| | June 25, 2026
बिहिबार, असार ११, २०८३

कोरोना भाइरसको परीक्षण अब नेपालमै

एक जनामा कोरोना भाइरसको पुष्टि, अरु दुई जनामा शङ्का

User Photo सोमवार, माघ १३, २०७६
काठमाण्डाै ।

अब नेपालमै कोरोना भाइरसको नमुना परीक्षण हुने भएको छ। राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा सोमबारदेखि कोरोना भाइरसको नमुना परीक्षण हुने प्रयोगशालाकी निर्देशक डा. रुना झाले जानकारी दिइन्।

‘कोरानाको परीक्षणका लागि आवश्यक केमिकल आइसकेकाले आजदेखि परीक्षण गर्ने तयारी छ’ उनले भनिन् ‘उपचारको क्रममा चिकित्सकले कोरोना भाइरसको शङ्का गरेका व्यक्तिको मात्रै परीक्षण गरिन्छ।’

चीनको वुहान सहरबाट फैलिएको कोरोना भाइरसको संक्रमण नेपालमा पनि देखिएको थियो। चीनबाटै आएका एक नेपालीमा कोरोना भाइरस भएको पुष्टि भैसकेकाले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल र रसुवागढी नाका हुँदै नेपाल आउने यात्रुको निगरानी बढाइएको सरकारले दाबी गरेको छ।

नेपालमा हालसम्म एक जनामा कोरोना भाइरसको पुष्टि भएकोसँगै अरु दुई जनामा शङ्का गरिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले बताएको छ।

ती दुई जनाको नमुना परीक्षणको लागि हङकङ पठाइएको र एकदुई दिनमा नै प्रतिवेदन आउने मन्त्रालयका प्रवक्ता महेन्द्रप्रसाद श्रेष्ठले जानकारी दिए।उनकाअनुसार हाल ती व्यक्तिलाई चिकित्सकको निगरानिमा राखिएको छ।


Photo

नयाँ मिडिया डट कम नोवस मिडिया ग्रुप प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.