Naya Media
शनिबार, बैशाख १९, २०८३
| | May 2, 2026
शनिबार, बैशाख १९, २०८३

निर्माणस्थलमा पुरिएर कुवेतमा ४ नेपालीको मृत्यु

ज्यान गुमाउने नेपाली को–को हुन् भन्नेबारे भने खुलाइएको छैन

User Photo बिहिबार, फाल्गुन १, २०७६
काठमाण्डाै ।

कुवेतको एक निर्माणस्थलमा पुरिएर ४ नेपालीको ज्यान गएको छ । ३ जना घाइते छन् ।

कुवेतको अल–मुत्ला क्षेत्रको निर्माणस्थलमा बुधबार खसेको बालुवा र ग्राभेलको ढिस्कोमा पुरिएर ४ नेपालीको ज्यान गएको अरब टाइम्सले जनाएको छ । तर, घटनामा ज्यान गुमाउने नेपाली को–को हुन् भन्नेबारे भने खुलाइएको छैन ।

ढिस्कोमा पुरिएर घाइते ३ काे उपचार भइरहेकाे छ । समाचार अनुसार, घाइतेको पहिचान खुल्न बाँकी छ ।

ढिस्कोमा पुरिएका सबै कामदार चिनियाँ कम्पनीका हुन् ।

प्रत्यक्षदर्शीहरूले बताएअनुसार, निर्माणस्थलको ब्लक ५ मा ढल निर्माण गरिरहेका बेला ढिस्को खसेको थियो । घटनालगत्तै ७ लाई उद्धार गरेर अस्पताल लगिएकोमा ४ को ज्यान गएको अरब टाइम्सले जनाएको छ ।


Photo

नयाँ मिडिया डट कम नोवस मिडिया ग्रुप प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.